Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकामा नेपाली ट्याक्सी चालकमाथी दुव्र्यवहार गर्ने युवती पक्राउ

अमेरिकामा नेपाली ट्याक्सी चालकमाथी दुव्र्यवहार गर्ने युवती पक्राउ


एजेन्सी, काठमाडौं । अमेरिकामा नेपाली ट्याक्सी चालकमाथी दुर्व्यवहार गर्ने युवती पक्राउ परेकी छन् । सान फ्रान्सिस्को प्रहरीले ट्याक्सी चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गरेको आरोपमा २४ वर्षीया मलेसिया किङलाई पक्राउ गरेको जानकारी दिएको हो ।

पक्रउ युवतीमाथी दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता गरिएको छ। गत सोमबार तीन जना युवतीले चालक खड्कालाई दुर्व्यवहार गरेको भिडियो भाइरल भएको थियो। खडकाले ती युवतीलाई मास्क लगाउन आग्रह गर्दा युवतीहरूले दुर्व्यवहार गरेका थिए। गत मार्च ८ का दिन अमेरिकाको सान फ्रान्सिस्को बेभ्यू क्षेत्रबाट तीन यात्रुलाई गाडीमा चढाएका खड्काले तीन मध्येकी एक युवतीलाई मास्क लगाउन आग्रह गरेपछि उनीहरुले अश्लील गाली र शारीरिक हमला गरेका थिए। उनले खड्काको मोबाइलसमेत खोसेकी थिइन्। यात्रुले मास्क नलगाएपछि शुभाकरले विनम्रतापूर्वक आफूले ट्रिप रद्द गर्न लागेको भन्दै गाडीबाट ओर्लिन भनेका थिए। भिडियोमा ती युवतीहरूले उनलाई गाली गर्ने, उनको अगाडि मास्क हल्लाउने, उनलाई कुटपिट गर्नेदेखि उनको फोन चोर्ने प्रयास गरेको देखिएको थियो ।

यो घटनापछि शुभाकर सहयोगका लागि गो फण्ड मी पेज शुरु गरिएको छ। हालसम्म ६४ हजार २ सय ८ डलर जम्मा भएको छ। शुभाकरले यो रकम नेपालमा पत्नी र ८ वर्षका छोरालाई पठाउने बताएका छन्। यस्तै एक युवती पक्राउ गरेको प्रहरीले घटनाबारे थप अनुसन्धान र कारबाही अघि बढाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6