Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफुट उन्मुख एमाले, माधव नेपाल भन्दा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको बढी दोष

फुट उन्मुख एमाले, माधव नेपाल भन्दा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको बढी दोष


खबर विश्लेषण, काठमाडौं । संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा भंग गराएका प्रधानमन्त्री केपी शर्मा ओली संबैधानिक इजलासको फैशलाबाट पुनस्र्थापना भएको त्यही संसदमा समेत नैतिकता भुलेर पैठेजोरी खेल्न खोजिरहेका छन् । यति मात्रै नभएर तात्कालिन नेकपामा रहँदा समेत बिधि, पद्धती र पार्टी विधान कुल्चिदै एकलौटी अघि बढेका उनी अदालतको फैशलाबाट नेकपा एमाले ब्युतिएपछि समेत बिधि, पद्धती कुल्चिएर एकलौँटी गर्न उद्धत छन ।

शुक्रबार ओलीले आफू निकट नेताहरुको बैठक मार्फत बाधा अड्काउ फुकाउमा टेकेर विधान संशोधन गर्दै महासचिव ईश्वर पोखरेल बाहेकका महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएका थिए । उमेर हद, कमिटीको संरचनामा संशोधन गर्दै २०७८ मंसिर २ देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय गरेका ओलीले आफ्नो गुटको बालुवाटार बैठकलाई केन्द्रीय कमिटीको ‘विशेष बैठक’ भनेका छन् । जुन बैठकमा झलनाथ खनाल र माधवकुमार नेपाल निकट नेताहरुलाई बोलाइएन् । यसले आफू बिरोधी विरुद्ध निषेधको राजनीतिमा ओली अग्रसर छन भन्ने देखाएको छ ।

नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसियो
प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, प्रदेश २ बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यमलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई दिइएको छ । प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जमा शंकर पोखरेल ओली पक्षकै भएकाले कायमै छन् ।

स्कुल विभाग प्रमुख आफैंसँग राखेका ओलीले विदेश विभाग प्रमुखबाट माधवकुमार नेपाललाई हटाएर आफ्ना परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई जिम्मेवारी सुम्पेका छन् । संगठन विभाग प्रमुखमा विष्णु पौडेल, संसदीय विभाग प्रमुखमा सुवासचन्द्र नेम्वाङ, निर्वाचन विभाग प्रमुखमा विष्णु रिमाल र सम्पर्क कमिटी तथा आार्थिक विभाग प्रमुखमा छविलाल विश्वकर्मालाई ल्याइएको छ । यस्तै माओवादी केन्द्रबाट एमालेमा समाहित भएको बादल समूहका २३ जनालाई एमाले केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । केन्द्रीय कमिटीको विशेष बैठक भनिएको यो बैठकको निर्णयलाई ७ चैतमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने ओली पक्षीय नेताहरुको तयारी छ ।

नेपाल लगायत एक दर्जन नेतामाथी अनुशासन कारबाहीको तयारी
ओली नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको कारबाही गर्ने तयारीमा जुटेपनि तत्कालन नगर्न अधिकांश नेताले सुझाब दिएसँगै पछि हटेका थिए । नेपाल समूहले पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गर्दै हिँडेको, सरकार गिराउन तानाबाना बुनिरहेको जस्ता आरोप ओली पक्षको छ । नेपाल पक्षको थप कदम हेरेर अनुशासनको कारबाही अघि बढाउन नेताहरुले सुझाब दिएका थिए ।

नेपाल पक्षको समानान्तर कमिटि
अध्यक्ष ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि माधव नेपाल पक्षले काउन्टर दिदै समानान्तर कमिटी विस्तार गरेको छ । जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ । त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

तटस्थ देखिएका नेताहरु समेत अध्यक्ष ओलीको बिरोधमा
पुनःस्थापित नेकपा एमालेका नेता वामदेव गौतम प्रधानमन्त्री ओलीको पछिल्लो कदमबाट रुष्ट बनेका छन् । पार्टी र नेतालाई एकताबद्ध बनाउन नचाहेर एकलौँटी रुपमा अघि बढेका ओलीसँग मिल्ने सम्भावना समाप्त भएको नेता गौतमले प्रतिक्रिया दिएका छन् । यस्तै, नेता प्रदीप नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री ओली एमाले सिध्याउनेतिर अगाडि बढेको बताए । जनताको बहुदलीय जनवादको ठीक उल्टो, निरंकुश भएर ओली अघि बढेको नेपालको आरोप छ ।

एमालेलाई एकढिक्का बनाउने दायित्वबाट अध्यक्ष ओली बिमुख बन्दा झलनाथ खनाल, माधव नेपाल पक्षका नेताहरुले अपमान सहनुपर्दा अब एमाले एउटै हुने सम्भावना न्यून देखिएको छ । ओलीको एकलौँटी कदम लगत्तै इतर समूहले पनि केन्द्रीय कमिटी सदस्य र सांसदहरुको बैठक बोलाएर समानान्तर गतिबिधि अघि बढाउदा एमाले कमजोर हुने चिन्तामा नेताहरु देखिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6