Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल पत्रकार महांसघको चुनावमा कुन गठबन्धनले मार्ला त बाजी ?

नेपाल पत्रकार महांसघको चुनावमा कुन गठबन्धनले मार्ला त बाजी ?


काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशैभरि मतदान गरिएको छ । केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति छनोट गर्न बुधबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । नयाँ नेतृत्व चयनका लागि भन्दै देशभरका १३ हजार १ सय ८० पत्रकारहरु चुनावी मैदानमा होमिएका छन् ।

पहिलोपटक महासंघले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व छान्न लागेकाले पनि यो निर्वाचनलाई बिशेष चासोका साथ हेरिएको छ । नेपाल पत्रकार महासंघको निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, नेपाख–खनाल निकट प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार संघले आह्वान गरेका छन । एमाले ओली निकट प्रेस चौतारीको प्यानलबाट निर्मला शर्मा अध्यक्ष उम्मेदवार छन् भने गजेन्द्र बुढाथोकी स्वतन्त्र उम्मेदवार छन् । शर्माको प्यानलमा राप्रपा निकट मिडिया नेपाल, प्रेस मञ्च नेपाल,

जनपत्रकार संगठन नेपाल लगायत साना दल निकट आठ संघ\संगठनको साथ रहेको छ । नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, नेपाल–खनाल निकट प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार संघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको रक्षाका लागि सङ्गठित हुनुपर्नेमा जोड दिदै आफ्ना उम्मेदवारको पक्षमा मतदानको आह्वान गरेपनि अरु संगठनको गठबन्धन व्यक्तिगत भोट माग्ने अभियान बाहेकमा निष्कृय जस्तै देखिएको छ ।  पत्रकार महासंघको बुधवार हुने निर्वाचनमा कांग्रेस निकट प्रेस युनियन, मओवादी निकट प्रेस सेन्टर, एमालेको माधव नेपाल पक्षीय प्रेस चौतारी, नेकपा मसाल लगायत बिभिन्न दल निकट पत्रकार संगठनहरुको संयुक्त प्यानलबाट बिपुल पोखरेल अध्यक्षको उम्मेदवार छन् । यस्तै ओली पक्षधर एमाले निकट प्रेस चौतारीको प्यानलबाट निर्मला शर्मा अध्यक्ष उम्मेदवार छन् भने गजेन्द्र बुढाथोकी स्वतन्त्र उम्मेदवार छन् ।

गठबन्धन र चुनावी गतिबिधिलाई आँकलन गर्दा केन्द्रसँगै काठमाडौं, ललितपुर लगायतका अधिकांश जिल्लामा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, नेपाल–खनाल निकट प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार संघका उम्मेदवारको पक्षमा बढी मतदान हुने देखिएको छ ।महासंघको केन्द्र, प्रदेश र शाखाको निर्वाचनको मतपरिणाम भोलिसम्म आउने अपेक्षा गरिएको छ ।  महासङ्घले आफ्नो सङ्गठनलाई सङ्घीयता अनुरूप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषद्हरु विस्तार गरेको छ । देशका सात प्रदेशसहित काठमाडौँ उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासङ्घका १० प्रदेश समिति र परिषद् छन् ।

महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था गरिएको छ । चुनावमा राजनीतिक लबिङ र गठबन्धन बनेपनि नेपाल पत्रकार महासङ्घ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता सङ्गठनका रुपमा क्रियाशिल रहँदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6