Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल वायुप्रदुषण हुने देशको१२ औँ नम्बरमा, काठमाडौं कहिलेसम्म विश्वकै पहिलो ?

नेपाल वायुप्रदुषण हुने देशको१२ औँ नम्बरमा, काठमाडौं कहिलेसम्म विश्वकै पहिलो ?


काठमाडौं । नेपालको वायु प्रदूषणमा तत्काल सुधार नहुने देखिएको छ । वातावरण विभागले काठमाडौँसहित देशका विभिन्न शहरमा बढ्न थालेको वायु प्रदूषणमा तत्काल सुधार हुने सम्भावना नदेखिएको जानकारी दिएको हो ।

काठमाडौं अहिले पनि विश्वकै प्रदूषित शहरको सूचीमा एक नम्बरमा कायमै रहेको छ । काठमाडौँको कीर्तिपुर, रत्नपार्क, भक्तपुर, भैंसेपाटीलगायत ठाउँसहित चितवनको भरतपुर, धनगढीलगायत ठाउँहरुमा वायु प्रदूषण अहिलेपनि उच्च देखिएको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको विभागले जनाएको छ । ३ सयभन्दा माथि एक्यूआई हुनुलाई अति हानिकारक मानिन्छ ।
साँढे १२ बजेको आईक्यूएयर मापनले देखाएका प्रमुख १० प्रदुषित शहरहरु

वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भन्दै विशेष सावधानी अपनाउन जन–स्वास्थ्यविद्ले आग्रह गरिरहेका छन् । वायु प्रदुषणकै कारण आँखा, नाक, कान र घाटीको स्वास्थ्य समस्या बोकेर अस्पताल पुग्नेहरुको संख्या बढ्न थालेको छ । अहिले महाराजगंजको टिचिङ अस्पताल, कान्ति अस्पताल, बीर तथा पाटन अस्पतालमा बिरामीको चाप बढेको चिकित्सकहरु नै स्विकार गर्छन ।

काठमाडौँसहित देशका विभिन्न ठाउँमा तुवाँलो लागेजस्तो भएर वातावरण धुमल्लिएको छ । घाम समेत राम्रोसँग लाग्न सकेको छैन । गर्मी बढेको र पानी नपरेर सुक्खापन धेरै हुँदा देशका विभिन्न जङ्गलमा डढेलो लागेको छ । सवारी सधानको धुँवा, उद्योग कलकारखाना र विकासे कामको धुलो, धुँवासँगै डढेलोबाट निश्किएको धुँवाले समेत वायु प्रदूषण बढेको विज्ञहरूले बताउँदै आएका छन् । अहिले पनि झण्डै डेढ सय ठाउँमा आगलागी जारी रहेको वन तथा भू संरक्षण विभाग अन्तर्गतको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जानकारी गराएको छ । सबैधन्दा धेरै डोटीमा १३ ठाउँमा र प्युठानमा १० ठाउँमा डढेलो लागेको पाइएको छ ।

प्रदुषणका कारण अहले तराई र पहाडी भूभागका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ । धेरैजसो ठाउँमा तुवाँलो लागेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गर्दैआएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँ र बाँकी प्रदेशका एक\दुई ठाउँमा हल्का पानी पर्ने र हिमपातकोसमेत सम्भावना रहेकोले त्यस क्षेत्रमा भने प्रदुषणको मात्रा केही घट्ने अपेक्षा गरिएको छ । पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन र चट्याङ्सहित हल्का पानी पर्ने सम्भावनाको आँकलन गरेको महाशाखाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत अरु केही पहाडी क्षेत्रमा मौसम आंशिक देखि सामान्य बदली भइरहेको जानकारी दिएको छ ।

बंगलादेश, पाकिस्तान र भारत क्रमश पहिलो दोश्रो र तेश्रो बायु प्रदुषित देश बन्दा नेपालको स्थान १२ औँ नम्बरमा छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6