Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनयाँ सरकार गठनका लागि जसपा र माओवादीसँग कांग्रेसको शुक्रबार बैठक

नयाँ सरकार गठनका लागि जसपा र माओवादीसँग कांग्रेसको शुक्रबार बैठक


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको पहलस्वरुप तीन दलको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाएका हुन् ।

यो बैठकमार्फत नयाँ सरकार गठन प्रक्रियाका लागि वातावरण बन्ने विश्वास सभापति देउवासँगै कांग्रेस पार्टीले गरेको छ। कांग्रेस नेताका अनुसार शुक्रबारको बैठकमा जसपाका दुबै खेमाका नेताहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले विशेष निम्तो दिएका कारण उपेन्द्र यादव, बाबुराम भट्टराईसँगै महन्थ ठाकुर र राजेन्द्र महतो पनि सहभागी हुने आँकलन गरिएको छ । ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गराउने र आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय एकलौटी भएको भन्दै असन्तुष्टि व्यक्त गरेको समयमा कांग्रेस सभापति देउवाले बोलाएको बैठकबाट निकास निस्किने अपेक्षा गरिएको छ । जसपा नेता महतोले त कांग्रेसले आफूहरुसँग सल्लाह गरेर निर्णय गरेको भए सरकार गठनबारे छलफल अघि बढ्न सक्ने बताउँदैआएका छन् ।

प्रधानमन्त्री समेत रहेका तात्कालिन नेकपाका अध्यक्ष केपि शर्मा ओलीले विघटन गरेको संसद सर्वोच्च अदालतले पुनःस्थापना गर्ने फैसला गरेको ३९ दिनपछि चैत २० गते मात्रै कांग्रेसले ओलीलाई सत्ताबाट हटाउने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय लिएको थियो । शुक्रबार देउवाले बोलाएको बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शिर्ष नेताहरु सहभागी हुने बताइएको छ ।

शुक्रबार कांग्रेसले बोलाएको बैठक निर्णायक नभएपनि नयाँ सरकार गठनका लागि नयाँ वातावरणको सुरुवातका रुपमा हेरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6