Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनआरएनए यूएइका अध्यक्ष कोइराला र उपाध्यक्ष शेर्पा पदबाट निलम्बित, कारण यस्तो

एनआरएनए यूएइका अध्यक्ष कोइराला र उपाध्यक्ष शेर्पा पदबाट निलम्बित, कारण यस्तो


काठमाडौं, दोहा । कोरोना पीडित नेपाली श्रमिकलाई उद्दार तथा सहयोग गर्न दिएको रकम हिनामिना गरेको आरोप लागेका एनआरएनए यूएइका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पा पदबाट निलम्बित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आइएलओले कोरोना पीडित नेपाली श्रमिकलाई उद्दार तथा सहयोग गर्न दिएको रकम आरआर आर प्रोजेक्टमार्फत अनियमितता भएको भनि छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा कोइराला र शेर्पालाई निलम्बन गरिएको जानकारी दिएको हो ।

मध्यपूर्व तथा मलेसियामा कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका नेपाली कामदारहरुलाई राहत तथा स्वदेश फिर्तीमा सघाउन आइएलओको सहयोगमा सञ्चालित परियोजनाबारे कार्य समितिलाई जानकारी नदिई काठमाडौँमा खाता खोल्ने, काठमाडौँबाट हुण्डी गरेर पैसा झिकाउने जस्ता काममा अध्यक्ष कोइराला तथा उपाध्यक्ष शेर्पाको संलग्नता देखिएको आधारमा निलम्बन गर्न सिफारिस गरिएको थियो । युएईमा कार्यरत नेपाली कामदारका नाममा कोइराला र उपाध्यक्ष शेर्पाले अनियमितता गरेको आरोप लागेपछि आइसीसी सदस्य राजु केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छानविन अघि बढाइएको थियो । समितिले ८४ पृष्ठ लामो प्रतिवेदन आइसीसीलाई बुझाएको छ । उक्त प्रतिवेदनमा ६२ हजार दिराम अनियमितता गरेको निष्कर्ष निकालेको छ । निलम्बनसँगै पदीय हिसाबले कुनै पनि क्रियाकलापमा सहभागी हुन् नपाउने यूएईबासी नेपालीहरुमा संघले जानकारी गराईएको छ ।

साथै, गैरआवासीय नेपाली संघ यूएईले कोरोनाका करण नेपाली समस्यामा परेका भए वा घर फिर्तीमा समस्या भएका व्यक्ति कसैले देखेको भए एनआरएनएलाई खबर गर्न अनुरोध पनि गरेको छ ।

यस्तो छ, गैरआवासीय नेपाली संघले जारी गरेको विज्ञप्ति :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6