Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफुट उन्मुख एमाले : नेपाल–खनाल पक्षलाई भुमिकाबिहिन बनाउदै अध्यक्ष ओली

फुट उन्मुख एमाले : नेपाल–खनाल पक्षलाई भुमिकाबिहिन बनाउदै अध्यक्ष ओली


काठमाडौं । नेकपा एमाले ओली समूहले माधव नेपाल पक्षका नेताहरुलाई जिम्मेवारी बिहिन बनाएर महाधिवेशन आयोजक कमिटीमा रहेका नेताहरुको कार्यविभाजन गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । पार्टी अध्यक्ष केपी ओलीलाई पार्टी स्कुल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेललाई केन्द्रीय कार्यालय प्रमुख र उपत्यका विशेष कमिटी इन्चार्जको जिम्मेवारी दिइएको छ ।

ओलीले गठन गरेको स्थायी कमिटीमा क्रमशः केपी शर्मा ओली, बामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महाशेठ, केशब बडाल र पुष्पराज कँडेललाई राखिएको छ । स्थायी कमिटीमा बाँकी सदस्यहरु पछि थप गर्ने बताइएको छ । ओलीले गठन गरेको स्थायी कमिटीमा समेत नेपाल–खनाल समूहका नेतालाई समेटिएको छैन ।

पछिल्लो बैठकको निर्णय भन्दै कर्णाली प्रदेशका नेपाल खनाल पक्षमा ४ सांसदलाई पार्टी सदस्यबाट निलम्बन गरिएको छ । यो निर्णयलाई खनाल–नेपाल पक्षले भने गुटको अबैधानिक निर्णयको संज्ञा दिएको छ । अदालतको निर्णयले एमालेलाई २०७६ जेठ २ को अवस्थामा फर्काएको र अध्यक्ष ओलीले फागुन २८ मा गुटको बैठक राखेर गरेको निर्णय उल्ट्याउनुपर्ने माग राख्ने नेपाल खनाल समूह ओलीसँगको सहकार्य सम्भव नहुने निष्कर्षमा पुगेको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष ओली समेत खनाल–नेपाल समूहलाई बिना सर्त पार्टीमा सहभागि हुन आग्रह गर्ने बाहेक, यसअघिका निर्णयमा फेरबदल गर्न नसक्ने अडानमा अडिग देखीदा एमाले औपचारिक बिभाजनको संघारमा पुगेको आँकलन गर्न थालिएको छ ।

नेकपा एमाले दशौँ महाधिवेशन आयोजक कमिटीको कार्यविभाजन :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6