Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआफ्नो सिफारिस बिना अक्सिजन सिलिण्डर बिक्रि वितरण नगर्नु : स्वास्थ्य मन्त्रालय

आफ्नो सिफारिस बिना अक्सिजन सिलिण्डर बिक्रि वितरण नगर्नु : स्वास्थ्य मन्त्रालय


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना कुनै पनि सरकारी, सामुदायीक तथा निजी अस्पतालहरुलाई भरी अक्सिजन सिलिन्डर बिक्री वितरण नगर्न अक्सिजन उद्योगीलाई अनुरोध गरेको छ। दिनप्रतिदिन फैलिरहेको कोभिड १९ महामारीको दोस्रो लहरका कारण धेरै संक्रमितलाई अक्सिजनको आवश्यकता परेकाले अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्नका लागि मन्त्रालयले आफ्नो सिफारिस बिना अक्सिजन सिलिन्डर भरी बिक्री वितरण नगर्न आह्वान गरेको हो ।

निर्देशनबिपरीत काम गरेमा त्यस्ता कम्पनीलाई नियम अनुसार कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ। यता, सरकारको यो निर्देशन विवादमा पर्ने देखिन्छ । सबै प्रकारका अस्पताललाई कोभिड १९ भएका बिरामीको उपचार गर्न निर्देशन दिएको मन्त्रालयले तीनै अस्पताललाई अक्सिजन बिक्री गर्दा मन्त्रालयको सिफारिस चाहिने निर्णय गर्नु अनुचित रहेको कतिपय स्वास्थ्यकर्मीले बताउन थालेका छन् ।

मन्त्रालयको सिफारिसको झण्झटका कारण कोभिड १९ का बिरामी नै झन मारमा पर्ने देखिएको छ। नेपाल चिकित्कस संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसीले स्वास्थ्य मन्त्रालयको यो निर्देशन गलत भएको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयकोे अनुरोध पत्र यस्तो छ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6