Sunday, 20 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविद्यार्थी भिसा दुरुपयोग रोक्न अस्ट्रेलियाले ग्राजुएट डिप्लोमा कार्यक्रम बन्द गर्दै

विद्यार्थी भिसा दुरुपयोग रोक्न अस्ट्रेलियाले ग्राजुएट डिप्लोमा कार्यक्रम बन्द गर्दै


काठमाडौं- अस्ट्रेलियाले विद्यार्थी भिसा प्रणालीको दुरुपयोग रोक्ने उद्देश्यले Graduate Diploma of Management (Learning) कार्यक्रमको नयाँ भर्ना बन्द गर्ने निर्णय गरेको छ।

अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले बिहीबार नेसनल प्रेस क्लबमा गर्ने सम्बोधन गर्दै विद्यार्थी भिसा प्रणालीको भिसा सिस्टम इन्टिग्रिटीसम्बन्धी चिन्तासँग जोडिएको पाइएपछि नयाँ इनरोल्मेन्ट रोक्ने निर्णय गरिएको बताएका हुन्।

नयाँ विद्यार्थीका लागि उक्त कार्यक्रमको इनरोल्मेन्ट ५ अक्टोबर २०२६ देखि बन्द हुनेछ। तर, यसअघि नै कार्यक्रममा भर्ना भएर अध्ययन गरिरहेका विद्यार्थीले भने आफ्नो अध्ययन पूरा गर्न पाउनेछन्।

अस्ट्रेलिया सरकारले पछिल्लो समय विद्यार्थी भिसाको दुरुपयोग, अस्थायी भिसामार्फत लामो समय बसाइ लम्ब्याउने अभ्यास तथा आप्रवासन प्रणालीमा देखिएका कमजोरी नियन्त्रण गर्न विभिन्न नियम कडाइ गर्दै आएको छ।

सरकारले नयाँ व्यवस्थाको उद्देश्य आप्रवासन प्रणालीलाई व्यवस्थित बनाउने, भिसाको दुरुपयोग रोक्ने र अस्ट्रेलियाको श्रम बजारको आवश्यकताअनुसार आप्रवासन व्यवस्थापन गर्ने रहेको जनाएको छ।

कार्यक्रम बन्द गर्ने निर्णयको विस्तृत कार्यान्वयन तथा अन्य सम्भावित परिवर्तनबारे थप विवरण सरकारले सार्वजनिक गर्न बाँकी छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-20' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6