Sunday, 20 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअस्ट्रेलियाको स्थायी दक्ष आप्रवासनमा नयाँ परिवर्तन

अस्ट्रेलियाको स्थायी दक्ष आप्रवासनमा नयाँ परिवर्तन


काठमाडौं- अस्ट्रेलियाले स्थायी दक्ष आप्रवासनको अंक प्रणालीमा परिवर्तन गर्दै आवास तथा निर्माण क्षेत्रमा आवश्यक प्राविधिक जनशक्तिलाई थप प्राथमिकता दिने घोषणा गरेको छ।

अस्ट्रेलियाका गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार क्यानबेरास्थित राष्ट्रिय प्रेस क्लबमा सम्बोधन गर्दै नयाँ व्यवस्था घोषणा गरेका हुन्।

उनका अनुसार स्थायी दक्ष आप्रवासनको अंक प्रणाली अर्थ मन्त्रालयसँगको परामर्शमा पुनर्संरचना गरिएको हो।

नयाँ अंक प्रणाली लागू भएपछि घर निर्माणसम्बन्धी ट्रेड योग्यता भएका व्यक्तिले विश्वविद्यालयको योग्यतासरह अंक पाउनेछन्। कार्पेन्टर, प्लम्बर, इलेक्ट्रिसियनलगायत आवास निर्माणमा आवश्यक ट्रेड सीपलाई उच्च तहको योग्यतासरह अंक दिने व्यवस्था गर्न लागिएको मन्त्री बर्कले बताएका छन्।

यस्तै, मन्त्रीस्तरीय निर्देशन ११९ मा पनि परिवर्तन गरिने भएको छ। भिसा प्रशोधनमा निर्माण, कृषि, माछापालन, प्राकृतिक स्रोत र शिक्षण क्षेत्रलाई थप प्राथमिकता दिने बर्कले बताएका छन्।

यसअघि नै लागू भएको मन्त्रीस्तरीय निर्देशन ११९ ले अस्ट्रेलियाभित्र रहेका आवेदकलाई प्राथमिकता दिने व्यवस्था गरेको छ। हालको प्राथमिकता क्रममा कानुन कार्यान्वयन तथा रक्षा क्षेत्रपछि निर्माण, स्वास्थ्य र शिक्षण क्षेत्रका अस्ट्रेलियाभित्र रहेका आवेदक उच्च प्राथमिकतामा छन्।

सरकारले यी परिवर्तनमार्फत अस्ट्रेलियामा आवश्यक जनशक्ति अभाव भएका क्षेत्रमा दक्ष आप्रवासीको भिसा प्रशोधनलाई प्राथमिकता दिने जनाएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-20' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6