Thursday, 15 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ अत्यधिक वर्षाको सम्भावना, पोखराका र विराटनगर महानगरका विद्यालय दुई दिन बन्द

अत्यधिक वर्षाको सम्भावना, पोखराका र विराटनगर महानगरका विद्यालय दुई दिन बन्द


विराटनगर महानगरपालिकाले भारी वर्षाबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार आज र भोलि महानगरभित्रका विद्यालय बन्द रहनेछन्।

यसअघि पोखरा महानगरपालिकाले सम्भावित बाढी, पहिरो र अतिवृष्टिको जोखिमलाई मध्यनजर गर्दै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

पोखरा महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय आज ८ गते र भोलि ९ गते बन्द रहनेछन्।

मेयर धनराज आचार्यका अनुसार बन्द गरिएका दुई दिनलाई पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ।

मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना जनाएपछि पूर्वसावधानी स्वरूप विद्यालय बन्द गरिएको जनाएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-15' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6