Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएमालेमा भाँडभैलो :ओलीको एकलौँटी, प्रतिवादमा नेपाल-खनाल समूह

एमालेमा भाँडभैलो :ओलीको एकलौँटी, प्रतिवादमा नेपाल-खनाल समूह


काठमाडौं । नेकपा (एमाले) को आन्तरिक मनमुटाब थप बढ्दैजादा अध्यक्ष केपीशर्मा ओलीसँग बरिष्ठ नेता माधवकुमार नेपाल समूह एक ठाउँमा बस्न नसक्ने देखिएको छ । यतिसम्म कि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली विधि र पार्टी पद्धति भन्दा पनि एकपछि अर्को बलमिच्याइबाट अघि बढिरहँदा नेपाल समूह अपमानित हुनु परेको महशुस गरिरहेको छ ।

अध्यक्ष ओलीले एकलौँटी रुपमा पेलेर अघि बढ्ने रणनीति अख्तियारी गर्दा उनी पक्षमा नेताहरुले पार्टी पद्धती अनुसार चल्नुपर्छ भनेर सुझाब दिन समेत आवश्यक नठान्नु चै सबैभन्दा दुर्भाग्यपूर्ण भएको विश्लेषण नेपाली राजनीतिक बृत्तमा गर्न थालिएको छ । अर्कोतर्फ नेपाल पक्षले पार्टीमा जिम्मेवारी हेरफेरबारे अध्यक्ष ओलीले गरेका एकपक्षीय निर्णयलाई वैधानिकता नदिन माग गर्दै निर्वाचन आयोगमा पत्राचार नै गरेको छ । आइतबार मात्रै वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायतका पदाधिकारी र स्थायी कमिटी सदस्यहरूले आयोगलाई लेखेको पत्रमा उल्लेख छ, ’हामी निवेदक नेकपा (एमाले) को २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको विधानको धारा १४ बमोजिम निर्वाचित पदाधिकारी र सदस्यहरू हौं । सोही धाराबमोजिम केन्द्रीय कमिटीको निर्वाचन सम्पन्न भई सोही धाराको उपधारा ३ बमोजिम दश प्रतिशत सदस्यसमेत मनोनित भइसकेको अवस्था भएकोले हाल पार्टी विधानबमोजिम केन्द्रीय कमिटीमा कुनै पनि रिक्त स्थान रहेको छैन । विधानको धारा १४ अनुसार पदाधिकारीहरूको निर्वाचन महाधिवेशनले गर्ने तथ्य पनि स्पष्ट छ ।’

पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूलाई जानकारी नै नदिई अध्यक्ष ओलीले पदाधिकारी हटाएको र जिम्मेवारी हेरफेर गरेको भन्दै नेपाल पक्षले आयोगलाई पत्र लेखेर नेकपा (एमाले) को विधानविपरीत र अनाधिकृत कदमलाई बैधानिकता नदिन माग गरेको छ । एमाले विधानको ’बाधा अड्काउ फुकाउ’ प्रयोग गरी ओलीले केन्द्रिय समितिमा छलफल नै नगराई आफूखुसी माओवादी छाडेका थापा समूहलाई जिम्मेवारी दिएका थिए । साथै महासचिव बाहेकका सबै पदाधिकारीको जिम्मेवारी खोसेर आफू पक्षकालाई मात्रै प्रदेश लगायतका विभिन्न विभागमा जिम्मेवारी दिएका थिए ।

पार्टीमा ओलीको बलमिचाइँ
माधवकुमार नेपाल, झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, योगेशकुमार भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टको हस्ताक्षर रहेको निवेदनमाथी निर्वाचन आयोगले कस्तो कदम चाल्छ अहिले यो आम प्रतिक्षा बनेको छ ।

आयोगलाई पत्र

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6