Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल आउने पर्यटकले अब यी मापदण्ड पालना गर्नुपर्ने

नेपाल आउने पर्यटकले अब यी मापदण्ड पालना गर्नुपर्ने


काठमाडौं । सरकारले ‘पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड, २०७७’ कार्यान्वयमा ल्याएको छ । कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथाममा प्रतिकुल असर नपर्ने गरी नेपाल आउने पर्यटकको आवागमनलाई व्यवस्थित गर्न मन्त्रिपरिषद् बैठकले मापदण्ड स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको हो ।

नयाँ मापदण्डअनुसार अब कोभिडविरुद्धको खोप लगाएका र पीसीआर परीक्षणको रिपोर्ट लिएर आएका पर्यटकले नेपाल आइसकेपछि सम्बन्धित एजेन्सी वा संस्थाको समन्वयमा आफ्नै खर्चमा पीसीआर परीक्षण गराई नतिजा नआएसम्म होटेल क्वारेन्टाइनमा बस्नुपर्ने छ । परीक्षणको नतिजा पोजेटिभ आएमा नेगेटिभ नआएसम्म स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नै खर्चमा होटेल क्वारेन्टाइनमा बस्नु पर्नेछ भने परीक्षणको नतिजा नेगेटिभ आएका पर्यटक सम्बन्धित संस्था वा एजेन्सीमार्फत पदयात्रा वा पर्वतारोहणमा जान वा सम्बद्ध पर्यटकीय गतिविधिमा सहभागी हुन पाउनेछन् । तर कोरोनाको दोश्रो लहरले तिब्रता पाएको छिमेकी राष्ट्र भारतबाट आउने पर्यटकको हकमा भने विशेष व्यवस्था गरिएको छ । हवाई मार्गबाट नेपाल आउने भारतीय पर्यटकले नेपाल इन्डिया ट्राभल बुबल एग्रिमेन्ट अनुरूपको व्यवस्था गरिने, स्थल मार्गबाट आउनेले दफा ७ को खण्ड क बमोजिमका कागजात नेपाल भारत सीमाको अध्यागमन बिन्दुमा पेस गर्नुपर्ने र सरकारले स्वीकृत गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्ने भनिएको छ ।

यो नयाँ व्यवस्थासँगै यसअघि जारी भएका मापदण्ड तथा आदेश सबै खारेज भएको सस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । यसअघि विदेशबाट नेपाल आउँदा वा प्रस्तानबिन्दुमा कोरोना रिपोर्ट नेगेटिभ भएका र कोरोनाविरुद्धको खोप लगाएका पर्यटकहरुले क्वारेन्टिनमा नबसि सिधै पदयात्रा, पर्वतारोहण तथा पर्यटकिय गतिबिधिमा निस्किन मिल्ने व्यवस्था गरिएकोमा विभिन्न देशमा दोश्रो र तेश्रो लहरको महामारि बढेसँगै सुरक्षा साबधानीका लागि परिवर्तन गर्नुपरेको बताइएको छ ।

यस्तो छ, नयाँ मापदण्ड :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6