Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsठडियो एतिहासिक धरहरा, बैशाख ११ गते प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

ठडियो एतिहासिक धरहरा, बैशाख ११ गते प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै


काठमाडौं । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण जारी नै रहँदा यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिएका हुन ।

विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । लामो समयसम्म बिवाद, बहस र बिरोधका कारण अल्झिएको धरहरा पुर्ननिर्माणको काम २०७५ कार्तिकबाट सुरु भएको थियो । धरहराको पार्किङ र बगैँचातर्फको काम भने भर्खरै मात्र सुरु भएको छ । टावर ठडाइएपनि वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा चीनिया कम्पनीसँगको जेभी पार्टनरमा रमण कन्स्ट्रक्सनले ठेक्का लिएर काम गरिरहेको छ ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन थालिएको छ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् । पार्कतर्फ काम नसकिएपनि भूकम्पले क्षतिग्रस्त सम्पदा उठ्नु गौरवको विषय भएकाले वैशाख ११ गते नै उद्घाटन गर्न लागिएको बताइएको छ । धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बने पनि भित्र सुविधासम्पन्न छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ ।

१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट राखिएको छ । धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले भग्नावशेष रहेको असली धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने योजना छ । अहिले भने सिसा भित्र हालिएको छैन ।

विपद् जोखिममुक्त महाअभियानको योजना बनाउँदै सरकार
पुनःनिर्माणका अधिकांश कार्य सम्पन्न भएसँगै प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माणको १० वर्षे महाअभियानका लागि कार्यक्रम तयार गर्ने तयारी थालेको छ । प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष ओलीको अध्यक्षतामा मङ्गलबार बसेको निर्देशक समितिको १८औँ बैठकले सोसम्बन्धी कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षदेखि महाअभियान शुरु गर्ने निर्णय गरेको छ।

भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापनाको सफलता नेपालको गौरव र सम्पत्ति भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो विश्वलाई देखाउन लायक भएको बताएका छन् । विपद् व्यवस्थापनको दीर्घकालीन कार्यअन्तर्गत प्राचीन बस्ती, विश्व सम्पदा क्षेत्रसहित समग्र शहरी क्षेत्र खासगरी काठमाडौँ उपत्यकाको पुनःनिर्माण तथा पुनःस्थापनाको कामलाई समेत ध्यानमा राखी शहरी क्षेत्रको दीर्घकालीन पुनःनिर्माण कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत अघि बढाउने तयारीमा सरकार जुटेको छ ।

प्रधानमन्त्री ओलीले जनसहमति एवं जनसहभागितालाई मूल सिद्धान्त बनाई आवश्यकतानुसार ‘हाउस पुलिङ’लगायतका विधिको अवलम्बन गरी शहरी पुनःनिर्माणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिदैआएका छन् । बस्तीको प्राचीनता, मौलिकता र सांस्कृतिक पक्षलाई जोगाउँदै ती संरचनालाई भूकम्प प्रतिरोधी बनाउन ध्यान दिनुपर्नेमा जोड दिइएको छ । सोहीअनुसार आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड ३८ लाखको बजेटका लागि नेपाल सरकारसमक्ष पुनर्निर्माण प्राधिकरण प्रस्ताव पेश गर्ने निर्णय समेत गरिसकेको छ ।

परराष्ट्र मन्त्रालयको समन्वयमा ‘सगरमाथा संवाद’ हुने समयलाई समेत ध्यानमा राखी सन् २०२१ को नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता नेपालको पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने तयारीमा समेत सरकार जुटेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6