Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएमाले नेतामाथी स्पष्टीकरण सोध्ने अध्यक्ष ओलीले १५ दिनभित्र सर्वोच्चमा जवाफ दिनुपर्ने

एमाले नेतामाथी स्पष्टीकरण सोध्ने अध्यक्ष ओलीले १५ दिनभित्र सर्वोच्चमा जवाफ दिनुपर्ने


काठमाडौं । सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरुलाई सोधेको स्पष्टीकरणका विषयमा कारण देखाउ आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्दै कारबाही रोक्न भनी माग गरेको अन्तरिम आदेश दिन अस्वीकार गरेपनि स्पष्टीकरणका विषयमा कारण देखाउ आदेश जारी गरेको हो । निर्वाचन आयोग, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतलाई विपक्षी बनाइएको रिटमा सर्वोच्चले विपक्षीसँग १५ दिनभित्र लिखित जवाफ दिन माग गरेको छ । आदेशमा वरिष्ठ नेता नेपालको रिटलाई अग्राधिकार दिने भनिएको छ । वरिष्ठ नेता नेपाल–खनाल पक्षका नेताहरुको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित अधिवक्ता चन्द्रकान्त ज्ञवाली, टिकाराम भट्टराई लगायतले बहश गरेका थिए ।

वैशाख ६ गते एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित २७ सांसदलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण माग गरेका थिए । यसविरुद्ध नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे कारबाही यथास्थितिमा राख्न र थप कारवाही नगर्न नगराउन अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6