Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबिभत्स हत्या गरिएका कार्कीसहित परिवारका ६ जनाको सामूहिक दाहसंस्कार

बिभत्स हत्या गरिएका कार्कीसहित परिवारका ६ जनाको सामूहिक दाहसंस्कार


काठमाडौं । संखुवासभाको मादीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका एकै परिवारका ६ जनाको अन्त्येष्टि सुनसरीको इटहरीस्थित बुढीगंगा घाटमा गरिएको छ । सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको बुधबार साँझ अन्त्येष्टि गरिएको हो ।

मृतकका भतिजा विनोद कार्कीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमपछि बुढीगंगा घाटमा अन्त्येष्टि गरिएको जानकारी दिए । मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, श्रीमती ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या गरेको अवस्थामा शव भेटिएको ४ दिन भएको छ । शव भेटिएपछि प्रहरीले स्थलगत रुपमै खटिएर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा खटिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीसहितको टोली अहिले पनि खोला गाउँमै बसेर घटनाको स्थलगत अध्ययन गरिरहेको छ । र पनि ४ दिनपुग्दासम्म कोहीसँग नराम्रो सम्बन्ध र दुस्मनी नभएको परिवारका सबै सदस्यको विभत्स हत्या कस्ले र किन गरायो भन्ने निष्कर्षमा प्रहरी पुग्न सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6