Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभ्रष्टाचारविरुद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता !

भ्रष्टाचारविरुद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारविरुद्ध सरकार निर्मम भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं बार्षिकोत्सबलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सेवाग्राही बिचको प्रत्यक्ष सम्पर्कलाई घटाई सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण योजनाद्ध कामको थालनी भइसकेको बताउनुभएको हो ।

‘शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ जस्ता आधारभूत सेवादेखि राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र, लगायत प्रशासनिक सेवामा सरलता, शीघ्रता, सुलभता र पारदर्शिता कायम गर्न सरकार निकै संवेदनशील भई लागि परेको छ। सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरूमा सदाचारिता अभिवृद्धि गर्न सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रदायक र सेवाग्राही बिचको प्रत्यक्ष सम्पर्कलाई घटाई सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्य योजना बनाई कामको थालनी भइसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने कुरा समेत आजको यस महत्त्वपूर्ण अवसरमा दोहोर्‍याउन चाहन्छु।’

यता शुक्रबार मात्रै विदेशी वायुसेवा कम्पनी थाई स्माइल एयरलाइन्ससँग घुस मागेको अडियो बाहिरिएसँगै त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरलाई निलम्बनको कारबाही गरेर अनुसन्धान थालिएको छ । १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने भन्दै यस्ता अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताउनुभएको छ । अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्नेकुरा समेत प्रष्ट पार्न मन्त्री किरातीले कर्मचारी र सरोकारवालालाई चुुनौती समेत दिनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं बार्षिकोत्सबका अवशरमा शुभकामना सम्बोधन दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएकाले सबै मिलेर निर्मुल पार्नुपर्ने बताउनुभएको छ । अख्तियारले समेत भ्रष्टाचारविरुद्ध कठोर भएर कारबाही प्रक्रिया थाल्ने प्रतिबद्धता जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6