Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsडाक्टर कुटपिटको बिरोध, आज नेपालका अस्पतालमा आकस्मिक बाहेकको उपचार सेवा बन्द !

डाक्टर कुटपिटको बिरोध, आज नेपालका अस्पतालमा आकस्मिक बाहेकको उपचार सेवा बन्द !


काठमाडौं । आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरमाथि भएको कुटपिटको विरोध गर्दै नेपाल चिकित्सक सङ्घले गरेको आह्वान अनुसार आकस्मिक बाहेकका सेवा रोकिएका हुन् ।

सङ्घले प्रहरी ज्यादतीको बिरोध स्वरुप आज एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेअनुसार नै आज उपचार सेवा प्रभावित हुने बताइएकोे छ । सङ्घका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा।जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जिकिर गर्दै बिरामीलाई मार पर्नेगरि आन्दोलन गर्नु बाध्यता भएको बताउनुभएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम नागरिकले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न सङ्घले सरकारसँग माग समेत गरेको छ ।

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प हुँदा बिरामी मारमा परेका छन् । विरामीमाथी पर्न गएको असुविधाप्रति क्षमा माग्दै संघले यसको जिम्मेवारसमेत सरकार नै रहेको जिकिर गरेको छ । डाक्टरमाथि भएको कुटपिट अनुचित भए पनि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्नु ठिक नहुने भन्दै सामाजिक सञ्जालमा भने सास्थ्यकर्मीहरुको बिरोध भैरहेको छ ।

यता, राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरलाई कुट्ने प्रहरीलाई निलम्बनमा राखेर अनुसन्धान अघि बढाइएको छ । चिकित्सकहरु पटक पटक उहि प्रकृतिका घटना दोहोरिएकोतर्फ स्मरण गराउँदै व्यक्तिलाई निलम्बन गर्नुभन्दा पनि प्रवित्तिको अन्त्य गर्नु पर्ने
माग अघि सारिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6