Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ अभिनेता पल शाह एक वर्षपछि जेलमुत्त, तनहुँ प्रहरी प्रमुख विष्टले गरे जेलमै स्वागत

अभिनेता पल शाह एक वर्षपछि जेलमुत्त, तनहुँ प्रहरी प्रमुख विष्टले गरे जेलमै स्वागत


काठमाडौं । अभिनेता पल शाह पक्राउ परेको ठिक एक वर्षपछि आज जेलबाट छुटेका छन् । शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले आइतबार सफाइ दिएसँगै ठिक एकवर्षपछि अर्थात फागुन १५ गते नै जेलमुक्त भएका हुन् ।

बलात्कारको आरोप लागेपछि शाहले ठीक एक वर्षअघि अर्थात फागुन १५ मा तनहुँ पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियो । सोमबार बिहान तनहुँ कारागारको गेटमा पलको स्वागतका लागि समर्थकको भीड लागेको थियो । उनीहरूले ‘पल शाह हाइहाइ’, ‘पललाई न्याय भयो’ भन्दै नाराबाजी गरेका थिए । पललाई बधाई दिन तनहुँ प्रहरी प्रमुख डीएसपी अवदेश विष्ट जेलमै पुग्नुभएको थियो । बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो । तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।

कलाकारिताका क्षेत्रमा सँगै हिड्नी नाबालिग गायिकाबाट बलात्कारको आरोप खेप्नुपरेका पलमाथी प्रतिसोध साध्न केहीले उक्साएको वा प्रयोग गरेको चर्चा समेत चलेको थियो । प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् । यसपछि यो मुद्धामा पीडित होस्टाइलको सिकार भएको चर्चा चलेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6