Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअभिनेता पल शाह एक वर्षपछि जेलमुत्त, तनहुँ प्रहरी प्रमुख विष्टले गरे जेलमै स्वागत

अभिनेता पल शाह एक वर्षपछि जेलमुत्त, तनहुँ प्रहरी प्रमुख विष्टले गरे जेलमै स्वागत


काठमाडौं । अभिनेता पल शाह पक्राउ परेको ठिक एक वर्षपछि आज जेलबाट छुटेका छन् । शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले आइतबार सफाइ दिएसँगै ठिक एकवर्षपछि अर्थात फागुन १५ गते नै जेलमुक्त भएका हुन् ।

बलात्कारको आरोप लागेपछि शाहले ठीक एक वर्षअघि अर्थात फागुन १५ मा तनहुँ पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियो । सोमबार बिहान तनहुँ कारागारको गेटमा पलको स्वागतका लागि समर्थकको भीड लागेको थियो । उनीहरूले ‘पल शाह हाइहाइ’, ‘पललाई न्याय भयो’ भन्दै नाराबाजी गरेका थिए । पललाई बधाई दिन तनहुँ प्रहरी प्रमुख डीएसपी अवदेश विष्ट जेलमै पुग्नुभएको थियो । बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो । तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।

कलाकारिताका क्षेत्रमा सँगै हिड्नी नाबालिग गायिकाबाट बलात्कारको आरोप खेप्नुपरेका पलमाथी प्रतिसोध साध्न केहीले उक्साएको वा प्रयोग गरेको चर्चा समेत चलेको थियो । प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् । यसपछि यो मुद्धामा पीडित होस्टाइलको सिकार भएको चर्चा चलेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6