Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentरंगहरुको पर्व होलीको उत्सव, आज तराई मधेशमा यसरी मनाइदैछ होली (फोटो डायरी)

रंगहरुको पर्व होलीको उत्सव, आज तराई मधेशमा यसरी मनाइदैछ होली (फोटो डायरी)


काठमाडौं । रंगहरूको पर्व होली काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा उत्साह र उमङ्गका साथ मनाइएको छ । आज देशका तराई मधेशमा विभिन्न कार्यक्रमसहित होली पर्व मनाइदैछ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर सोमबार होली मनाइयो । काठमाडौंको वसन्तपुर दरवार स्क्वायर, बानेश्वर, ठमेल, ललितपुरको लगनखेल, जाउलाखेल भक्तपुर लगायतका विभिन्न स्थानसँगै पहाडी जिल्लामा होली विशेष कार्यक्रमको आयोजना गरियो ।

सडकदेखी कार्यालयसम्म र यस्ता कार्यक्रममा युवायुवतीहरुले आपसमा रंग, अबीर दलेर आत्मीयता साटासाट गरे । युवादेखि वृद्धसम्म होलीमा रमाए भने सेल्फीसँगै उत्सवको उत्साह साटे । कलाकारहरुले समेत होलीलाई उत्सवमय बनाउन भुमिका खेले

सोमबार जस्तै आज तराई मधेशका जनकपुर, विरगञ्ज लगायतका विभिन्न स्थानमा होली उत्सव मनाइदै छ । विहानैदेखी युवायुवती, बालबालिका, बृद्धबृद्धा रङसँग रमाउदै आत्मियता साटासाट गरिरहेका छन् ।

सोमबार काठमाडौं उपत्यकासँगै पहाडी क्षेत्रका विभिन्न कार्यक्रममा पुगेका कलाकार गायक, गायिकाहरु आज तराई मधेश झरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6