Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअर्थशास्त्री डा. स्वर्णिम वाग्लेले गरे कांग्रेस परित्याग, रास्वपाबाट उपचुनाव लड्दै

अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले गरे कांग्रेस परित्याग, रास्वपाबाट उपचुनाव लड्दै


काठमाडौं । अर्थतन्त्रको राम्रो दख्खल भएका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिक पाइला अघि बढाउनुहुने भएको छ । नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने दाबी सहित कांग्रेसको राजनीति त्याग्नुभएका वाग्ले तनहुँ १ को उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने तयारीसहित छलफलमा जुट्नुभएको हो ।

पार्टी परित्यागको घोषणा गर्दैगर्दा वाग्लेले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरूवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने बताउनुभएको थियो । सामाजिक सञ्जालमा पार्टी छाडेको घोषणा अर्थशास्ती वाग्लेले लेख्नुभएको थियो ‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरूवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।’

वाग्ले यस्तो घोषणा लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका पदाधिकारीसँग छलफलमा जुट्नुभएको छ । सभापति लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री डा. मुकुल ढकाल लगायतका नेताहरुसँगको छलफलमा रहेकाले केही दिनमै उम्मेदवारीको घोषणा हुने आँकलन गरिएको छ ।

यस्तो छ स्वर्णिम वाग्लेको स्टाट्स
नेपाली काँग्रेसबाट अलग भएको घोषणा
वि. स.२०४२ सालको सत्याग्रहु र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु। त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर, पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ।

जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु साला भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ। अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर यो देश बन्छ भन्ने आशा जगाउने हो, बनाउने नै हो । जय नेपाल।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6