Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशमा नेपाल चिनाउने अभियान : बेल्जियममा नेपाल फेस्टिभल आयोजना हुँदै !

विदेशमा नेपाल चिनाउने अभियान : बेल्जियममा नेपाल फेस्टिभल आयोजना हुँदै !


काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति (एनसीसी) बेल्जियमको आयोजनामा आगामी अप्रिल १५ मा १५ औँ नेपाल फेस्टिभल आयोजना हुने भएको छ ।

बेल्जियमको लुभेन सहरमा नेपाल राजदूतावासका साथसाथै स्थानीय लुभेन नगरपालिका तथा नेपाली संघसंस्थासँगको सहकार्यमा फेस्टिभल हुन लागेको हो । एनआरएनए बेल्जियमका उपाध्यक्ष तथा कार्यक्रम संयोजक तीर्थराज धमलाले फेस्टिभलमा नेपाली डान्स, मौलिक खानेकुरा, नेपाली उत्पादनसहित नेपालबारे प्रमोसनका सामग्री प्रस्तुत गरिने जानकारि दिनुभएको छ । नेपाली समुदायका ३ हजार र बेल्जियमसहितका विदेशी नागरिक ३ हजार गरी करिब ६ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको एक दिने फेस्टिभलका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताइएको छ ।

फेस्टिभलमा चर्चित गायक धिरज राईसहित स्थानीय कलाकार नारायण धिताल, बज्र ब्यान्डका लाहुरे कान्छालगायतको पनि प्रस्तुति हुने आयोजकले जानकारि दिएको । २५ वटा ग्रुप डान्सको तयारी भैरहेको छ । बेल्जियमका नेपाली समाजलाई एकीकृत गर्दै स्थानीय समाजसँग घुलमिल गराउने, स्थानीय समूदायलाई नेपालका बारेमा जानकारी गराइ पर्यटन प्रवर्द्धन गर्ने, नेपाली उत्पादनलाई परिचित गराउँदै व्यापार प्रवर्द्धनमा जोड दिने उद्देश्य नेपाल फेष्टिभलको रहेको बताइएको छ । गैरआवासीय नेपालीका दोस्रो र तेस्रो पुस्ताका बालबालिकालाई नेपाली कला र संस्कृतिसँग जोड्ने उद्देश्य पनि फेस्टिभलको रहेको छ ।

एनआरएनए बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले फेस्टिभल सफल बनाउन बेल्जियमका स्थानीय सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्नेदेखि विभिन्न प्रचारात्मक कार्यक्रम भैरहेको जानकारि दिनुभयो । नेपाली राजदूतावाससहित नेपाली संघसंस्था र लुभेन नगरपालिकाको सहयोग रहेको फेष्टिभल सम्पन्न गर्न ३० देखि ३२ हजार युरो खर्च हुने अनुमान गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6