Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचैत २४ गते रिलिज हुने फिल्म “बहाव” को टाइटल गीत सार्वजनिक (भिडियोसहित)

चैत २४ गते रिलिज हुने फिल्म “बहाव” को टाइटल गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौं । चैत २४ गतेदेखि रिलिज हुने फिल्म “बहाव” को टाइटल गीत सार्वजनिक भएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको शिर्ष गीत ‘बहाव यी मनका’ बोलको गीत सार्वजनिक भएको हो ।

युवराज चौलागाईंको स्वर रहेको गीतमा प्रमोद कँडेलको शब्द, बसन्त सापकोटाको संगीत र विषय आचार्यले संगीत संयोजन गरेका छन् । गीत मार्फत फिल्मका प्रमुख पात्रहरू कथाको भावनालाई प्रस्तुत गरिएको छ। गीत मार्फत फिल्मकी मुख्य पात्र सन्ध्या रेग्मीको मनको बहाव अभिव्यक्त गरिएको छ । प्रमोद कँडेल लेखक र निर्देशक रहेको फिल्म श्रीधर पौडेलले निर्माण गरेका हुन । जिज्ञासा, विचार र यथार्थमा आधारित फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायत कलाकारको बेजोड अभिनय रहेको छ।

कार्तिकेय स्मिता कर्नाटकले छायांकन गरेको फिल्मलाई सुजन बडालले सम्पादन गरेका छन् । कथावस्तुलाई यथार्थपरक बनाउने भरपुर प्रयास गरिएको निर्माण पक्षले जानकारि दिएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्मलाई आरआर फिल्म्समार्फत वितरण गर्नेगरि अन्तिम तयारीमा निर्माण पक्ष जुटेको छ । करिब एक महिना अघि ओएसआर डिजिटल मार्फत नै फिल्मको टेलर सार्वजनिक गरिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6