Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsवैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको बीमा रकम झ्वाम पार्ने ७ जनाको गिरोह पक्राउ !

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको बीमा रकम झ्वाम पार्ने ७ जनाको गिरोह पक्राउ !


काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेश र छुट्टीका क्रममा नेपाल अएको समयमा मृत्यु भएका नेपालीले प्राप्त गर्ने बीमा रकम दिलाइदिन्छु भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य जानकारि र उजूरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले बैदेशिक रोजगार बोर्डका नायब सुब्बासहितका ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ अभियुक्तको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत एसपी रवीन्द्र रेग्मीले जानकारि दिनुभयो । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका र बिदामा आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बीमाको रकम दिलाइदिन्छु भनेर मृतकका आफन्तलाई यो गिरोहले ठगी गर्ने गरेको बारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6