Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ आजबाट विक्रम सम्वत २०८० साल शुरु, नयाँ वर्षको पहिलो दिन यसरी मनाइदैछ उत्सब

आजबाट विक्रम सम्वत २०८० साल शुरु, नयाँ वर्षको पहिलो दिन यसरी मनाइदैछ उत्सब


काठमाडौं । आजबाट नेपालमा विक्रम सम्वत २०८० साल शुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन बैशाख १ गतेलाई नेपाल र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गर्दै उत्सबका रुपमा मनाइरहेका छन् ।

विक्रम संवत् अनुसार वर्ष २०७९ साललाई बिदा गरी वर्ष २०८० साल आज (शुक्रबार) बाट सुरु भएको छ। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिनलाई नेपालमा र विदेशमा रहेका नेपालीले विभिन्न कार्यक्रम गरि उत्सवका रुपमा मनाउँने गर्दछन । प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न नयाँ वर्षका दिन योजना निर्माण एवं सत्संकल्प गर्ने गरिन्छ । आजको दिनमा नयाँ कामको थालनी गर्ने परम्परा बस्दैआएको छ । नयाँ वर्षका दिन बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने समेत गरिन्छ ।

विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा ल्याइने गरिएको छ । बंगलादेशमा त वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6