Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआजबाट विक्रम सम्वत २०८० साल शुरु, नयाँ वर्षको पहिलो दिन यसरी मनाइदैछ उत्सब

आजबाट विक्रम सम्वत २०८० साल शुरु, नयाँ वर्षको पहिलो दिन यसरी मनाइदैछ उत्सब


काठमाडौं । आजबाट नेपालमा विक्रम सम्वत २०८० साल शुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन बैशाख १ गतेलाई नेपाल र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गर्दै उत्सबका रुपमा मनाइरहेका छन् ।

विक्रम संवत् अनुसार वर्ष २०७९ साललाई बिदा गरी वर्ष २०८० साल आज (शुक्रबार) बाट सुरु भएको छ। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिनलाई नेपालमा र विदेशमा रहेका नेपालीले विभिन्न कार्यक्रम गरि उत्सवका रुपमा मनाउँने गर्दछन । प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न नयाँ वर्षका दिन योजना निर्माण एवं सत्संकल्प गर्ने गरिन्छ । आजको दिनमा नयाँ कामको थालनी गर्ने परम्परा बस्दैआएको छ । नयाँ वर्षका दिन बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने समेत गरिन्छ ।

विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा ल्याइने गरिएको छ । बंगलादेशमा त वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6