Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसार्वजनिक यातायातमा काम गर्ने ११ लाख मजदुर बेरोजगार

सार्वजनिक यातायातमा काम गर्ने ११ लाख मजदुर बेरोजगार


काठमाडौं– नेपालमा लकडाउनपछि यातायात क्षेत्रमा काम गर्ने ११ लाख मजदुर बेरोजगार बनेका छन् । झन्डै चार महिना खाली बसेका श्रमिकहरु यातायात क्षेत्र नखुल्दा बेरोजगार बनेका हुन् ।

दैनिक मजदुरी गरेर छाकटार्ने चालक, सहचालक सबैभन्दा बढी पिडित बनेका छन् । सरकारले लकडाउनको मोेडल परिवर्तन गर्दै सरकारी र निजी सवारीसाधन भने सञ्चालन गरेको छ । तर, सार्वजनिक यातायात चल्न दिने सम्बन्धमा सरकारले कुनै निर्णय गरेको छैन ।

बुधबार मजदुर र सार्वजिक यातायातका अभियन्ताहरुले सार्वजनिक यातायातका साधन सञ्चालन नभए आन्दोलनमा उत्रिने चेतावनी सरोकारवाला निकायलाई दिएका छन् ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा यस विषयमा छलफल भएपनि यसको टुंगो निस्किएन । नेकपा सांसद कमला रोकाले सार्वजनिक यातायात सञ्चालन नहुँदा सबैभन्दा धेरै दुःख सर्वसाधारणले पाएको भन्दै यसर्फ सरकारले सोच्नुपर्ने बताइन् ।

लामो समय सार्वजनिक यातायात बन्द गर्दा त्यसले गरिब र गरिखानेलाई ठूलो असर परेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । उनले भने, ‘यसको निष्कर्ष तत्काल खोज्नुपर्छ, यातायात मजदुर भोकभोकै भए,’ उनले भने । उनले सार्वजनिक यातायात सञ्चालन गरेर केही समय नयाँ भाडादर निर्धारण गर्नुपर्ने जानकारी दिए । विद्यार्थी र बृद्धबृद्धालाई दिँदै आएको भाडा छुट पनि रोक्नुपर्ने उनको भनाई छ ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि चैत ११ गते लकडाउन गरेदेखि सार्वजनिक यातायात ठप्प छन् । सबै सवारीसाधन ग्यारेजमा थन्किएका छन् । केही मजदुरहरु ग्यारेजमै थन्किएको सवारीसाधनमै बस्दै आइरहेको छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6