Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभोटेकोशीको बाढीले ३३ घर बगायो

भोटेकोशीको बाढीले ३३ घर बगायो


काठमाडौं– सरकारले सचेत रहन आग्रह नगर्दै बुधबार राती सिन्धुपाल्चोकमा बाढीले वितण्डा मच्याएको छ । सरकारले २५ गतेदेखि देशभर बाढी पहिरोको डर देखिएको बताउँदै आएको थिथो । तर, सही समयमा जोखिमपूर्ण अवस्थाका स्थानीयलाई सुचित नगर्दा भोटेकोसी नदी करिडोरका बस्तीले ठूलो जनधनको क्षतिको व्यर्होनु परेको छ । बाढीले ३३ घर बगाएको छ । २० जना बेपत्ता छन् । हालसम्म दुईको मृत्यु पुष्टि भएको छ ।

खहरे खोला उर्लिँदा बिहानपख बस्ती बगाएको थियो । जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले क्षतिबारे विवरण संकलन र उद्दारको कार्य भइरहेको जानकारी दिए । उनले भोटेकोसी गाउँपालिका–५ बुल्कुटीका दुई घर बग्दा चार बेपत्ता भएको बताए ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सुरक्षाकर्मी पुगेर उद्धार कार्य भइरहेको जानकारी दिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6