Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभोटेकोशीमा वेपता २० जना अझै फेला परेनन्, म्याग्दीमा २० भन्दा बढी सम्पर्कबिहिन

भोटेकोशीमा वेपता २० जना अझै फेला परेनन्, म्याग्दीमा २० भन्दा बढी सम्पर्कबिहिन


काठमाडौं– सिन्धुपाल्चोकको भोटेकोशी बाढीमा वेपत्ता भएका २० जना नभेटिँदै पश्चिम म्याग्दीका विभिन्न स्थानमा  कम्तिमा २० जना पहिरोमा पुरिएर सम्पर्कविहिन भएका छन्।
एका विहानै अचानक आएको बाढीले गाउँमा वितण्डा मच्चाएको थियो । बाढीले मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार विष्णु शर्मा र उनकी छोरी इच्छा शर्मा बेपत्ता भएका छन् । नैरुङ भन्ने गाउँका इलिसा शर्मा, मालिकाथानको तल्लो गाउँमा बिमला नेपालीको आमाछोरा, बिरबहादुर नेपाली सहित चारजनाको परिवार बेपत्ता भएका छन् । वडा अध्यक्ष सुविन जुग्जालीका अनुसार विहानै बाढीले वस्ती नै बगाएको थियो । उनले पहिरो गएका क्षेत्रका २० जनाभन्दा बढी बेखबर रहेको बताए । ‘सबैतिर पहिरोले क्षतविक्षत पारेको छ, कति सम्पर्कविहिन बनेका छन्, हराएकाहरुको सम्पर्कमा छैनन्, यसबारेमा हामीले उद्दार टोली खटाएका छौं,’ उनले भने ।

उद्दारको लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यसतर्फ खटिएको छ । त्यस्तै, सोही क्षेत्रकै धवलागिरी गाउँपालिका–६, मराङको रिखा भन्ने ठाउँमा कम्तिमा ११ जना बेपत्ता रहेका छन् । उनीहरुको अवस्थाबारे खोजिकार्य भइरहेको छ । त्यस्तै, मराङको घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना वेपत्ता भएको वडा अध्यक्ष राजाराम शर्माले जानकारी दिए । बाढी पहिरोको सम्भावना रहेकाले सरकारले सबै जिल्लाका सिडिओमार्फत् सचेत रहन आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बाढीले अतुलनीय क्षति पारेका कारण त्यसबारेमा गृृहको टोली सक्रिय भएर लागिपरेको बताए । ‘अहिले बाढी पहिरोको वितण्डा छ, हामीले सबैतिर सचेत रहन सुचना जारी गरेका छौं,’ उनले भने, ‘त्यस्तो जोखिमपूर्ण अवस्थामा हुनेले नजिकको प्रहरी वा जिल्ला प्रशासन कार्यालयलाई सम्पर्क गर्नुहोला ।’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6