Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalफिर्ता पठाइयो संसदको नयाँ लोगो, सुनको खर्च कस्ले व्यहोर्ने भन्नेमा बिवाद

फिर्ता पठाइयो संसदको नयाँ लोगो, सुनको खर्च कस्ले व्यहोर्ने भन्नेमा बिवाद


काठमाडौं,संघीय संसदको लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै संसद सचिवालयले निर्माणकर्तालाई नै फिर्ता पठाएको छ ।

फेरि निर्माण गरेर दिन भन्दै सचिवालयले लोगो फिर्ता गरेको जानकारी दिएको छ । संघीय संसद्का दुवै सदनका सदस्यहरूका लागि भन्दै ३ सय ५० लोगोहरू निर्माण गरिएपनि सांसदहरूले नै आपत्ति जनाएपछि निर्माणकर्ता वाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता दिइएको हो । लोगोमा राखिएको सुन पुनः प्रयोगमा नआउने भन्दै त्यसको खर्च कसले बेहोर्ने भन्नेमा संसद् सचिवालय र निर्माण पक्ष बीच विवाद देखिएको छ । सांसदहरूलाई बुझाइएका लोगोहरू फिर्ता मागेर निर्माणकर्तालाई नै दिने र सुधार गराउने बारे सभामुख अग्निप्रसाद सापकोटा, संसदका महासचिव भरतराज गौतम, सचिवहरू र अन्य अधिकारीले घरेलु तथा साना उद्योग कार्यालयलका अधिकारीसँग छलफल गरेका थिए । प्रत्येक लोगोमा २ लाल सुन गरेर ८७ ग्राम सुनको खर्च ६ लाख ८२ हजार रुपैयाँ लागेको संसद सचिवालयले जनाएको छ । १ तोला चाँदीको बेस राखिएको लोगोको खर्च प्रतिलोगो ५ हजार ५ सय २७ रुपैयाँ लागेको थियो । संसद् सचिवालयले भने आफूहरूले सुन र चाँदी खरिद गरेर दिइसकेकाले डिजाइनअनुसार लोगो निर्माण गरेर दिन भन्दै अब सुनको खर्च नबेहोर्ने बताउँदै आएको छ । भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको नक्सामा समावेश गरेर सरकारले जेठ ७ गते नक्सा अद्यावधिक गरेको थियो ।

जेठ ११ गते बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय सांसदहरूले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमाअनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेसँगै संसद सचिवालयले काम अघि बढाएको थियो । लोगोका डिजाइन कलाकार टेकवीर मुखिया हुन् । उनले समेत निर्माण भएको लोगोमा असन्तुष्टि जनाएका छन् । रफ लोगो नै छानेर अन्तिम रूप दिएको उनले बताए । साउन ३२ गते सार्वजनिक गरिएको नयाँ लोगो बारे सांसदहरूका साथै सामाजिक संजाल प्रयोगकर्ताले नक्सा नमिलेको, झण्डा नमिलेको, भद्दा देखिएको र रङ नमिलेको भन्दै चर्को आलोचना गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6