Tuesday, 6 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ सपनाको अश्लील फोटो सार्वजनिक गर्ने धम्की दिने बिनय बस्नेत ५० हजार धरौँटीमा छुटे

सपनाको अश्लील फोटो सार्वजनिक गर्ने धम्की दिने बिनय बस्नेत ५० हजार धरौँटीमा छुटे


काठमाडौं । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने विनयजंग बस्नेत ५० हजार धरौटी बुझाएइर रिहा भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले साइबर अपराधमा ४० हजार र अभद्र व्यवहार कसूरमा १० हजार गरी ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएसँगै सोही दिन धरौटी बुझाएर बस्नेत रिहा भएका हुन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले बस्नेतमाथि अनुसन्धान सकेर मंगलबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले बस्नेतविरुद्ध साइबर अपराध र अभद्र ब्यवहार कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । केही युट्युब च्यानलमा अन्तरवार्ता दिँदै बस्नेतले ‘मेरो मोबाइलमा सपनाका नग्न तस्वीरहरु छन्, सार्वजनिक गरिदिऊँ’ भन्दै धम्की दिएपछि सपनाले प्रहरीमा किटानी जाहेरी दिएपछि बस्नेत फागुन ४ मा बसपार्कबाट पक्राउ परेका थिए । सुरुमा अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दिइएको भएपनि सपनाका केही तस्वीरहरु भेटिएपछि प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा प्रक्रिया अघि बढाएर अनुसन्धान थालेको थियो ।

बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीको रुपमा चिनाउँदै आएपनि बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेसँगै उनीहरुको सम्बन्धमा मनमुटाब देखिएको थियो । बिनय र सपनाले काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्थे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-06' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6