Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजलवायु परिवर्तनका विषयमा नेपालसँग गहन सहकार्य गर्ने योजनामा अमेरिका

जलवायु परिवर्तनका विषयमा नेपालसँग गहन सहकार्य गर्ने योजनामा अमेरिका


काठमाडौं । राष्ट्रपति जो वाइडनले जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा पुनः जोडिने निर्णय गरेसँगै अमेरिकाले जलवायु परिवर्तनका विषयमा नेपालसँग समेत गहन सहकार्य गर्ने देखिएको छ । सन् २०१५ मा भएको पेरिस सम्झौताबाट पूर्ववर्ती राष्ट्रपति डोनाल्ड ट्रम्पले हात झिकेसँगै विश्वव्यापी असर परेको थियो । तर, वाइडन आउनसाथ उनले पेरिस सम्झौतामा जोडिने निर्णय गरेपछि नेपालसँग समेत गहन सहकार्यको चर्चा सुरु भएको हो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले जलवायु परिवर्तनको विषयमा नेपालसँग थप सहकार्य गर्न चाहेको जानकारी गराएको छ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले बुधबार एक ट्वीट गर्दै जलवायु संकट सामना गर्न नेपालसँग काम गर्न चाहेको उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो ट्वीटमा लेख्नुभएको छ,’बाइनले भनेका छन्, जलवायुको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक छ ।’

गत महिना मात्रै पनि भारतमा हिमताल फुटेर आएको बाढीले हिमाली क्षेत्र एकदमै संवेदनशील अवस्थामा छ भन्ने देखाएको छ । प्रधानमन्त्री केपी ओलीलगायत विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटमा पनि नेपालका लागि अमेरिकी राजदूत बेरीले नेपालले गर्न लागेको सगरमाथा संवादलाई सहयोग गर्न तथा जलवायु परिवर्तका समस्यालाई समाधान गर्नका नेपालसँग काम गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ ।

जलवायु परिवर्तनका विभिन्न विषयमा सहयोग गदै आएको अमेरिकाले यस क्षेत्रमा थप सहयोग र सहकार्य गर्न चाहेपनि कहिलेबाट कस्तो सहकार्य भने अहिले नै खुलाइएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6