वेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन
काठमाडौं । वेलायतकी राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी गराएको हो ।
‘महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ’ बेलायती राजदरबारको विज्ञप्तिमा भनिएको छ । केही समययता राजकुमार फिलिपको स्वास्थ्य खस्किदै गएपछि सन् २०१७ देखि स्वास्थ्यकै कारण फिलिपले राजदरबारमा आफ्नो जिम्मेवारी छाड्दै गएका थिए ।















तपाईको प्रतिक्रिया