Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsराजेन्द्र मल्ल बने चेम्बरको नयाँ अध्यक्ष, यी हुन ५५ जना कार्यसमिति सदस्य

राजेन्द्र मल्ल बने चेम्बरको नयाँ अध्यक्ष, यी हुन ५५ जना कार्यसमिति सदस्य


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो ।

मल्ल अध्यक्ष बनेसँगै चेम्बर अफ कमर्समा लामो समय कायम रहेको राजेशकाजीको विरासतको अन्त्य भएको छ । वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल, उपाध्यक्षमा वाणिज्यतर्फ दीपककुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् ।

यी हुन बाँकी ५५ सदस्यीय कार्यसमिति सदस्यहरु :
वाणिज्यतर्फ १५ जना कार्यसमिति चुनिएका छन् । कमलेश कुमार अग्रवाल, दिपक कुमार मल्होत्रा, मनोज कुमार केडिया, निलकण्ठ चौलागाई, सन्तोष कुमार पाण्डे, नवराज ढकाल, राष्ट्रभुषण चाकुबजी, राजु श्रेष्ठ, दिपक काजी तुलाधर, सुरेन्द्र कुमार सारदा, निरज राई, राम श्रेष्ठ, टिकाराम शर्मा ढुंगेल, अशोक कुमार अग्रवाल र कैलाशचन्द्र गोयल ।

यसैगरी उद्योग तर्फ राजेन्द्र मल्ल, राजेन्द्र प्रसाद अर्याल, किशोर कुमार अग्रवाल, सुमित कुमार अग्रवाल, सुवास चन्द्र संघाई, नरेन्द्र बल्लभ पन्त, सुधिर मित्तल, उर्मिला श्रेष्ठ र दिपेश रत्न तुलाधर छन् । जिल्लातर्फ ओम कृष्ण विमली, विजय साह, पंकज जालान, दीर्घमान श्रेष्ठ, महादेव पोखरेल, भाईचन्द्र श्रेष्ठ, दिपक श्रेष्ठ, भिमलाल पौड्याल, सतिस कुमार अग्रवाल, रोसन भोयद्यो, नन्द कुमारी लम्साल (निर्मला), सुगन्ध कुमार गुप्ता, सुशिल पाण्डेय, तुफान खड्का (तिलक) र कृष्णमान श्रेष्ठ निर्वाचित भएका छन् ।

नगर तर्फ मन्जु बज्राचार्य, वस्तुगत संघ तर्फ अर्जुन प्रसाद शर्मा, सुरेन्द्र कुमार श्रेष्ठ, रमेश महर्जन, मृगेन्द्र मेहेर श्रेष्ठ, रत्नतारा तुलाधर, मनोहर दास मुल, संजय कुमार अग्रवाल, सुरेन्द्र भाई शाक्य, किरण कुमार डंगोल चुनिएका छन् । यस्तै द्वराष्ट्रिय संस्थागततर्फ त्रिभुवन धर तुलाधर, दिपक कुवर र विनायक शाह, आवद्ध तर्फ देबेन्द्र भक्त श्रेष्ठ, राजारत्न तुलाधर, र पर्शुराम दाहाल निर्वाचित भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6