Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसरकारले बन्द गराएपनि रात्रीकालिन व्यवसाय बन्द नहुने, कारण यस्तो

सरकारले बन्द गराएपनि रात्रीकालिन व्यवसाय बन्द नहुने, कारण यस्तो


काठमाडौं । सरकारले कोरोना रोकथामका लागि भन्दै रात्रीकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेकोमा व्यवसायीहरुले गम्भिर विमत्ति जनाएका छन् । दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारको निर्णय नमान्ने, स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर खोलिएको व्यवसायमा धरपकड भए आन्दोलन गर्ने घोषणा गरेको हो ।

सरकारले सरोकारवाला पक्षसँग छलफल नै नगरी हचुवाको भरमा निर्णय गरेर रात्रीकालिन व्यवसायसँग जोडिएको ७० हजारमजदुर र उनीहरुसँग आश्रित करिब तीन लाख नागरिकमाथी बेवास्ता गरेको व्यवसायीको आरोप छ । सरकारले दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय जबरजस्ति बन्द गराए सञ्चालक र कर्मचारी गरी ७० हजारले संयुक्त रुपमा आन्दोलन गर्ने चेतावनी समितिका संयोजक विनोद श्रेष्ठले दिनुभयो । सरकारले बल प्रयोग गरेर दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय बन्द गराएमा त्यसको प्रतिकारमा उत्रिन बाध्य हुने श्रेष्ठले बताउनुभयो ।

व्यवसायीहरुले पहिले पनि ९ महिना बन्द गरेर सरकारलाई सहयोग गरेको भन्दै अब ऋण र भोकले मर्ने अवस्था आउनेगरि बन्दाबन्दीलाई सहयोग गर्न नसकिने दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय कोटेश्वार बानेश्वार क्षेत्रका संयोजक आशिष खड्काले बताउनुभयो । विगतमा अन्य व्यवसाय खुल्दा रात्रीकालिन व्यवसाय बन्द नै रहेपछि आन्दोलन गरेर खुलाउनुपरेको स्मरण गराउँदै व्यवसायी खड्काले व्यवसायी, मजदुरको पीडामा बेमतब बन्ने, राहत समेत नदिने सरकारले घोषणा गरेको बन्दको अवज्ञा गर्ने बताउनुभयो । बरु कडाईका साथ स्वास्थ्य मापदण्ड लागू गरे कार्यान्वयन गर्न तयार रहेको व्यवसायीले बताएका छन् ।

दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायमा २० अर्ब लगानी रहेको र प्रत्येक वर्ष सरकारलाई ७ अर्ब कर तिरेको यस क्षेत्रका व्यवसायीको दाबी छ । कोरोनाको विकल्प बन्द मात्रै नभएको र स्वास्थ्यको मापदण्डलाई कडाईका साथ पालन गरेर दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने चावहिल–गौशाला क्षेत्रका व्यवसायीहरुका संयोजक केशर बुढाथाकीले जानकारी दिनुभयो । जबर्जस्ती बन्द गरिए प्रतिकार गर्ने उहाँको दाबी छ । कोभिड संक्रमणको कारण वितेको १० महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय बन्द नगर्न व्यवसायीहरुले सरकारलाई पटक–पटक आग्रह गर्दै आएका छन् ।

कुनैपनि उचित विकल्प नदिई रातको समयमा मात्रै कोरोना संक्रमण फैलने जस्तै गरी गरिएको विभेदपूर्ण निर्णय आफूहरुलाई मान्य नहुने चेतावनी व्यवसायीले दिदै आएकाछन् । सरकारले अन्य क्षेत्रलाई जस्तै राहत, सहुलियत तथा उचित विकल्प उपलब्ध गराएर बन्द गराएमा स्विकार्य हुने व्यवसायीको दाबी छ । घरभाडा, लगानी गरेका १००० भन्दा बढि लगानीकर्ताको लगानीको सुरक्षा तथा कार्यरत ७० हजार भन्दा बढि कलाकार, कर्मचारी र तिनका परिवारको रोजीरोटी तथा रोजगारीको पूर्ण ग्यारेन्टी सरकारले लिनुपर्ने व्यवसायीको माग छ ।

सोमबार नै सरकारले धैरै भीडभाड हुने क्षेत्र वैशाख महिनाभरीका लागि बन्द गराउने निर्णय गरेको थियो । रात्रीकालिन मनोरञ्जन क्षेत्र, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, डान्सबार, दोहोरी साँझ, नाचघर, पार्टी प्यालेस, हाटबजारलगायतमा रोक लगाउने निर्णय गरेको सरकारले सार्वजनिक यातायात, कार्यालय लगायतका स्थानमा माक्स, सेनिटाइजर अनिर्वाय गर्न, बिबाह समारोहमा २५ जनाभन्दा बढी भीडभाड नगर्न, सार्वजनिक स्थलमा तीन जना भन्दा बढीको भीडभाड नगर्नेगरि नयाँ स्वास्थ्य मापदण्ड ल्याएको छ ।

यस्तो छ, समितिले जारी गरेको प्रेस विज्ञप्ति



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6