Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News७ नक्कली सर्टिफिकेटधारी डाक्टरसहित कन्सलटेन्सी सञ्चालक पक्राउ

७ नक्कली सर्टिफिकेटधारी डाक्टरसहित कन्सलटेन्सी सञ्चालक पक्राउ


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले एसएलसी र प्सल टुका नक्कली सर्टिफिकेट बनाएर त्यसैको आधारमा उच्च शिक्षा हासिल गरेका विभिन्न पेशाकर्मीमाथीको अनुसन्धानलाई तिब्रता दिदै आएको छ । यहि निरन्तरको अप्रेशनका क्रममा सोमबार मात्रै सीआईबीले नक्कली एसएलसी सर्टिफिकेट पेशेरै आइएस्सीहुँदै बंगलादेशबाट एमबिबिएस समेत सकेर नेपाल आई विभिन्न अस्पतालमा कार्यरत चार जना नक्कली चिकित्सकसहित विगतमा सर्टिफिकेट बनाइदिने कन्सलटेन्सी सञ्चालक समेतलाई पक्राउ गरेको छ ।

महोत्तरीका ४० वर्षीय अरूणकुमार चौधरीले काठमाडौं बागबजारमा सञ्चालन गरेको ज्योतिद्विप नामक एजुकेसन कन्सल्टेन्सी मार्फत एसएलसीको नक्कली सर्टिफिकेट बनाएको प्रारम्भिक निष्कर्षमा पुगेको प्रहरी आइएससीसहितका सर्टिफिकेटको अध्ययनमा समेत जुटेको छ । पुतलीसडक बसेर आफ्नो कन्सल्टेन्सीबाट निजी स्कुलमा विद्यार्थी पठाउने, कन्ट्याक्ट गराउने, कहिलेकाहीँ नेपाल मेडिकल काउन्सिलका फारम भरिदिने काम गर्ने चौधरी एसएलसीको नक्कली सर्टिफिकेट बनाएको आरोपमा सोमबार पक्राउ परे । उनको कन्सल्टेन्सीबाट एसएलसीको सर्टिफिकेटमा नम्बर सच्याएर बंगलादेश पुगेकाहरुभने डाक्टर भएर मात्रै आएनन, चार जनाले त नेपाल मेडिकल काउन्सिलबाट चिकित्सा पेशाको प्रमाण पत्र पनि लिइसकेका थिए । तर २८ वर्षीय मोहम्मद सिद्धिक, २९ वर्षीय सुभासप्रसाद साह, २८ वर्षीय मोहम्मद साहिद राजा र ३१ वर्षीय दीपेन्द्र गौतम सोमबार प्रहरी फन्दामा परेका छन् । सिद्धिक विराटनगरस्थित न्युरो अस्पताल, साह जनकपुरस्थित चिल्ड्रेन अस्पताल, राजा दीर्घायु अस्पताल, चाबहिल र गौतम रूकुम पश्चिमको चौरझरी मिसन अस्पतालमा काम गर्थे। एसएलसी प्रमाण पत्र नक्कली भएको खुले पनि आइएस्सी प्रमाण पत्र कहाँबाट लिए भन्ने बारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले यी चार जनाबाहेक विराटनगरबाट पक्राउ परेका सप्तरीका ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीकी २७ वर्षीया पल्लवी सिंह र ललितपुर सानेपाका २९ वर्षीय फराज हुसेन खाँ पनि एसएलसीको नक्कली सर्टिफेकेट बनाएरै डाक्टर पढेकाहरु हुन्। पल्लवी अहिले किष्ट मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत् छिन्। पल्लवीबाहेक ६ जना बंगलादेशबाट एमबिबिएस पढेर आएकाहरु छन् । उनीहरूले त्यहाँको कुन विश्वविद्यालयबाट एमबिबिएस पढेका हुन् भन्ने पनि खुल्ने क्रममै रहेको ब्युरोका निर्देशक डिआइजी सहकुलबहादुर थापाले बताउनुभयो । यी सबैलाई प्रहरीले आइतबार विभिन्न ठाउँमा पुगेर पक्राउ गरेको थियो ।

किर्ते गरेर बनाएको नक्कली एसएलसी सर्टिफिकेट पहिचान गरेर प्रहरीले थप अनुसन्धान थाल्दा आफ्नै संस्थाबाट चिकित्सा पेशाको प्रमाण पत्र लिएका डाक्टरको एसएलसी सर्टिफिकेट नक्कली रहेको थाहा पाएपछि काउन्सिलले पनि अध्ययन थालेको छ। दोषि देखिएकाहरुको डाक्टर पद निलम्बन हुने काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले बताउनुभयो । एसएलसी प्रमाण पत्र नक्कली रहेको पाइएपछि, डाक्टरहरूलाई पक्राउ गरेको प्रहरीले उनीहरूको भनाइका आधारमा बागबजारबाट कन्सल्टेन्सी सञ्चालकलाई समेत पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ । पक्रउ अभियुक्त उपर प्रहरीले सरकारी छाप दस्तखत किर्ते र आवश्यकताअनुसार ठगी मुद्दा चलाउने तयारीसहित सोमबार नै जिल्ला अदालत काठमाडौंबाट थुनामा राख्ने अनुमति लिइसकेको छ ।

कसरी सफल भयो प्रहरी अप्रेशन ?
बंगलादेशमा एमबिबिएस पढ्नका लागि उनीहरूले नेपाल मेडिकल काउन्सिलबाट अनुमति पत्र लिएका थिए। ब्युरोले काउन्सिलमा पेश भएको एसएलसी प्रमाण पत्र मागेर गुनासोका आधारमा अनुसन्धान थालेको थियो । ती प्रमाण पत्र राष्ट्रिय परीक्षा बोर्डमा प्रमाणीकरणका लागि पठाइयो। पक्राउ परेकाले काउन्सिलमा पेश गरेको एसएलसी सर्टिफिकेट र परीक्षा नियन्त्रण कार्यालयमा रहेको प्रमाण पत्रमा फरक पाइएसँगै थप अनुसन्धान अघि बढेको थियो।

यसअघि चार दर्जन डाक्टरलाई प्रहरीले आइएस्सी नक्कली सर्टिफिकेट रहेको आरोपमा पक्राउ गरी मुद्दा चलाएको थियो। तर, धेरैको मुद्दा स्थापित हुन नसकेपछि अदालतबाट छुटेका थिए।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6