Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेश जान अब सरकारी बाहेक यी पाँचवटा निजी अस्पतालको पीसीआर रिपोर्टलाई मात्रै मान्यता

विदेश जान अब सरकारी बाहेक यी पाँचवटा निजी अस्पतालको पीसीआर रिपोर्टलाई मात्रै मान्यता


काठमाडौं । नेपालमा नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको घटना बाहिरिएसँगै अब विदेश जानका लागि सिमित प्रयोगशालाहरूको परीक्षणलाई मात्र मान्यता दिइने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै सरकारी अस्पताल र केही निजी अस्पताललाई मात्र परिक्षणको मान्यता दिएको हो ।

विदेश जानका लागि पीसीआर परिक्षणको मान्यता पाउने निजी अस्पतालमा स्टार अस्पताल, नेपाल मेडिसिटी अस्पतल, मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, युनिभर्सल मेडिकल कलेज भैरहवा र ह्याम्स हस्पिटल मात्र रहेका छन् ।

गत मंगलबार मात्रै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सिनामंगलस्थित सूर्या हेल्थ केयरको ल्यावमा छापा मारेर केही नक्कली रिपोर्ट बरामद गर्नुका साथै संलग्न ८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । सोही घटनाका आधारमा बुधवार पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टसहित अन्य कागजात बोकेर एयरपोर्ट पुगेका १३६ जनालाई टर्मिनलबाटै फर्काइएको थियो ।

पीसीआर परीक्षणको रिपोर्ट नक्कली भएको भन्दै प्रहरीले विमानस्थलबाट फर्काएकाहरु अहिले सरकारसँगै बिचल्नी गराएको भन्दै असन्तुष्टि पोखिरहेका छन् । नेपाल सरकारले सुर्या हेल्थ केयरलाई पीसीआर परीक्षणको अनुमति दिएपछि अनुगमन पनि सरकारले नै गर्नुपर्ने होइन र ? भन्दै पीडितले प्रश्न गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6