Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएक सातमा भारतमा २० सहित विदेशमा २३ नेपालीको कोरोनाबाट मृत्यु

एक सातमा भारतमा २० सहित विदेशमा २३ नेपालीको कोरोनाबाट मृत्यु


काठमाडौँ । यो साता भारतमा २० सहित विदेशमा २३ जना नेपालीको कोरोना संक्रमणबाट निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता भारतमा २०, कुवेतमा दुई र कतारमा एकजना नेपालीको कोरोनाका कारण निधन भएको हो ।

एनआरएनएका अनुसार भारतको नयाँ दिल्लीमा १० र अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको छ । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका रहेको बताइएको छ । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ३७२ पुगेको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका रहेका छन् । विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण सङ्क्रमित हुने नेपालीको सङ्ख्या ६८ हजार ५०६ पुग्दा ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ जनाले कोरोना जितेका छन् ।

गैरआवासीय नेपाली सङ्घ, कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता भारत, कुवेत, कतार, युएई, रोमनिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्ड रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । दुई लाख ९७ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको नेपालमा ९३ दशमलव तीन प्रतिशत अर्थात् दुई लाख ७७ हजार १२३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणका कारण आइतबार साँझसम्म ३ हजार १६४ जनाको निधन भएको छ ।

एनआरएनएले महामारीका दौरान २५० जना चिकित्सक र नर्स परिचालन गरिएको जानकारी दिएको छ । नेपालबाहिर करीब पाँच हजार चिकित्सक र १५ हजारको हाराहारीमा नर्सहरु रहेका छन् । ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनमा जोड्न प्रयास भइरहेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6