Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना बिरुद्ध साउदीको कदम : पाँच वर्ष जेल, आप्रवासी भए देश निकाला !

कोरोना बिरुद्ध साउदीको कदम : पाँच वर्ष जेल, आप्रवासी भए देश निकाला !


दोहा, एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिम बढेसंगै साउदी अरबले जानाजानी संक्रमण अरूलाई सार्नेमाथी कडा सजाय दिने भएको छ । साउदी सरकारको सार्वजनिक अभियोजनले कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गरेर जानाजान कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल र पाँच लाख साउदी रियाल जरिबाना गर्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमण फैलाउने आप्रवासी श्रमिक भए पुनः साउदी फर्किन नपाउने गरि देश निकाला गरिने भएको छ। साउदीले आप्रवासीहरुलाई पनि कोरोनाको खोप निःशुल्क रुपमा उपलब्ध गराउदै आइरहेकोमा जनस्वास्थ्यका मापदण्डमा थप कडाइ गरेको हो । साउदीमा कोरोना सङ्क्रमितको संख्या ४ लाख १२ हजार २१६ पुगेको छ भने ३ लाख ९५ हजार ५५७ ले कोरोना जितेका छन् । संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९०० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ठूलो सङ्ख्यामा नेपाली कामदार रहेको साउदीमा अहिलेसम्म संक्रमणबाट ८९ जना नेपालीले ज्यान गुमाएको रेकर्ड नेपाली दूतावाससँग छ । साउदीले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे नखुलाएको करण के कति नेपाली सङ्क्रमित भए कति निको भएर काममा फर्किए भन्ने आधिकारिक तथ्याङ्क दूतावाससंग नभएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6