Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना : ५ हजार ७०६ संक्रमित थपिदा ५११ जना आईसीयू र भेन्टिलेटरमा

नेपालमा कोरोना : ५ हजार ७०६ संक्रमित थपिदा ५११ जना आईसीयू र भेन्टिलेटरमा


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ४ सय ३ पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण पहिचान भएको हो । यस्तै ५ सय ५५ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५७ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ सय ८७ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या २ लाख ८२ हजार ३ सय ८२५ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ । अहिले आइसोलेसनमा ४३ हजार २ सय १३ जना रहेकोमा ४० हजार १०३ जना होम आइसोलेसनमा र ३ हजार ११० जना विभिन्न अस्पतालका संस्थागत आइसोलेसनमा रहेका छन् । अहिले क्वारेन्टाइनमा ६७ जना छन् ।

देशभरका विभिन्न अस्पतालमा रहेका उपचाररत संक्रमित मध्ये ४०१ जनाको आईसीयू र ११० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म २४ लाख ८८ हजार ३ सय ५९ पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा कहाँ कति संक्रमित थपिए ?

काठमाडौं जिल्लामा १ हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना, बाँकेमा ५५१, रुपन्देहीमा ४२२, दाङमा २५१, कास्कीमा २१२, चितवनमा १७७, पर्सामा १६३, कैलालीमा १२५ तथा काभ्रेमा १०५, सुर्खेतमा ९७, मकवानपुरमा ७१, सुनसरीमा ६९, गोरखामा ६७, नवलपरासी पूर्वमा ४३, बारामा ४१, कञ्चनपुरमा ३७, नुवाकोटमा ५३, सिन्धुपाल्चोकमा ३५, मोरङमा ३४ र सल्यानमा २५ जना संक्रमित थपिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6