Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन जाहाज पठाइदै

चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन जाहाज पठाइदै


काठमाडौं । चीनले अनुदानमा दिएको २० हजार थान अक्सिजन सिलिण्डरमध्ये पहिलो चरणमा २ हजार सिलिण्डर जहाज मार्फत नेपाल ल्याइने भएको छ । अर्थ र निगमबीच सहमति भए ११ मे (२८ वैशाख) मा जहाज बेइजिङ जाने बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको कार्ययोजनाअनुसार २९ वैशाखसम्म चीनबाट अक्सिजन सिलिण्डर नेपाल ल्याइसक्ने योजना रहेकोले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज पठाउनेबारे छलफल शुरु भएको हो । जहाज पठाउने सम्बन्धमा अर्थ मन्त्रालयले माग गरे अनुसार नेपाल एयरलाइन्सले ‘कोटेशन’ बुझाएको छ । जहाजको भाडाका सम्बन्धमा सहमति नभइसकेको पनि छलफल भने जारी छ ।

सहमति जुट्नासाथ जहाजले बेइजिङबाट सिलिण्डर ल्याउने छ । सिलिण्डर बोक्न सक्ने क्षमताको जहाज नेपालमा नेपाल एयरलाइन्ससँग मात्र रहेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6