Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News१३ सय कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा, एकैदिन २२५ जनाको मृत्यु

१३ सय कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा, एकैदिन २२५ जनाको मृत्यु


काठमाडौं । नेपालमा कोरोनाका गम्भिर बिरामीहरुको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । देशभर हाल १ हजार ८४ कोरोना संक्रमितको आईसीयूमा र २९० को भेन्टिलेटरमा गरी कुल १ हजार ३७४ जना उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा गम्भिर संक्रमितहरु छन् । मंगलबार साँझको तथ्यांक अनुसार प्रदेश १ मा १२७ जना आईसीयूमा र २९ भेन्टिलेटरमा, प्रदेश २ मा ६० आईसीयूमा र ३७ जनाको भेन्टिलेटरमा, बागमती प्रदेशमा ५२९ जनाआईसीयूमा र १८४ जना भेन्टिलेटरमा उपचाररत छन् । गण्डकी प्रदेशमा ८२ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६० जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा, कर्णालीमा १०२ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयू र ८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ मन्त्रालयको विवरण :

एकैदिन २२५ जना संक्रमितको मृत्यु  :
कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको हो । काठमाडौंमा मात्रै एकैदिन १ सय १ जना मृतकको शब व्यवस्थापन गरिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । आइतबार ८८, सोमबार १३९ जनाको मृत्यु हुँदा मंगलबार मृतक संख्या २२५ पुग्यो । तेस्रो दिनमै झण्डै तेब्बरले मृतकको संख्या बढ्नुमा अस्पतालहरुमा अक्सिजनको हाहाकार र अधिकांश अस्पतालले बिरामी भर्ना लिन नसक्ने घोषणा गरेर उपचारको दायीत्वबाट भाग्नु नै मुख्य कारक देखिएको छ ।

पछिल्लो २५ घण्टामा थपिएका संक्रमित :
नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा कोरोना संक्रमित थपिए । देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ५९६ जनाको पीसीआर परीक्षण र ७२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ९ हजार ४८३ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

आजको जिल्लागत विवरण
बागमती प्रदेशको काठमाडौंमा मात्र २७ सय ८८ जना, काभ्रेमा १५५, चितवनमा १२४, दोलखामा १५, धादिङमा ११५, नुवाकोटमा ७३, भक्तपुरमा ५३७, मकवानपुरमा ११६, रसुवामा १, रामेछापमा २४, ललितपुरमा ६०२, सिन्धुपाल्चोकमा ५८ र सिन्धुली ४७ जनामा संक्रमित थपिए । यस्तै, गण्डकी प्रदेशको कास्कीमा ३७०, गोरखामा ६४, तनहुँमा ४७, नवलपरासी पूर्वमा २५, पर्वत १, मुस्ताङ १, म्याग्दी ५, लमजुङमा ३४, बागलुङमा ६ र स्याङजामा ९० जना, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५५, कपिलवस्तुमा ११७, गुल्मीमा १७, दाङमा २६५, नवलपरासीमा ५७, पाल्पामा ८४, प्यूठानमा १, बर्दियाका ६५, बाँकेमा ५०६, रुपन्देहीमा ७०९ र रोल्पामा ४ जना संक्रमित थपिएका न् । यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा ७७, जुम्ला ९, डोल्पा १, दैलेखमा ६, रुकुम पश्चिममा ४८, सल्यानमा २१, सुर्खेतमा २६४ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ८०, कञ्चनपुरमा २८, कैलालीमा २९५, डोटी २, दार्चुला ३, बझाङमा १ र बाजुरामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6