Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News९२.६७ प्रतिशत संक्रमित होम आइसोलेसनमा, सरकारको बेवास्ता

९२.६७ प्रतिशत संक्रमित होम आइसोलेसनमा, सरकारको बेवास्ता


काठमाडौं । कोरोना भाइरसका सक्रिय संक्रमित ९७ हजार ८ जनामध्ये मंगलबारसम्म ८९ हजार ९१४ जना होम आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार होम आइसोलेसनमा बस्नेको संख्या कुल सक्रिय संक्रमितको ९२।६७ प्रतिशत हो । अस्पताल र अन्य संस्थागत आइसोलेसनमा ७०९४ संक्रमित उपचाररत छन् ।

अस्पतालहरुले अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने बिरामी मात्र भर्ना लिने भएका कारण ठूलो संख्यामा संक्रमितहरु होम आइसोलेसनमा नै छन् । तर होम आइसोलेसनमा बसेकाहरु कस्तो अवस्थामा छन् भन्ने विषयमा भने सरकारी निकाय बेखबर छन् । काठमाडौं उपत्यकामा होम आइसोलेसनमा बसेका संक्रमितले समेत सरकारी निकायबाट सोधखोज नभएको गुनासो गरेका छन् ।

काठमाडौं धापासीकी ४२ वर्षीया महिलाले आफैंले अक्सिजनको जोहो गरेर होम आइसोलेसनमा बसेकी छन् । ११ दिनअघि संक्रमण पुष्टि भएपछि उनी त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् । घरमा बस्दा अक्सिजन लेभल कम भएपछि उनी अस्पताल गएकी थिइन् । तर अस्पताल पुगेर परीक्षण गर्दा अक्सिजन लेभल ठीकै भएको भन्दै चिकित्सकले उनलाई घरमै फिर्ता पठाइदियो । तर दुई दिनपछि अक्सिजन लेभल नाप्दा ८२ भन्दा कम देखिाएपछि अक्सिजन सपोर्टमा बस्नुपर्‍यो ।

नियमित रुपमा अक्सिजन दिँदा डेढ सिलिण्डर सकिएपछि अक्सिजन लेभल सही आएको उनका श्रीमान बताउँछन् । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उनी बताउँछन् । होम आइसोलेसनमा अक्सिजन लगाउनुपर्ने अवस्था रहँदासमेत कतैबाट स्वास्थ्य परामर्श नपाएको उनको गुनासो छ ।

कोरोना संक्रमितकै उपचार गर्दागर्दै संक्रमित हुन पुगेकी एक स्टाफ नर्स अहिले होम आइसोलेसनमा छिन् । तर उनी संक्रमित भएको पनि कुनै सरकारी निकायले चाल पाएको छैन । वैशाख २३ गते संक्रमण पुष्टि भएपछि २८ वर्षकी उनी होम आइसालेसनमा छिन् । संक्रमण पुष्टि भएको दिन १०४ डिग्री फरेनहाइटसम्म ज्वरो आएको उनलाई लगातार तीन दिनसम्म ज्वरो निको भएन र शरीर दुख्ने लक्षण पनि देखियो । तर उनको स्वास्थ्य अवस्थाबारे राज्यका निकायले जानकारी लिएन र कुनै परामर्श पनि दिएन ।

काठमाडौं महानगरपालिका–६ का ४३ वर्षीय पुरुष पनि वैशाख २१ गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा छन् । आफूसँग घुलमिल भएका आफन्त संक्रमित भएपछि उनी आफैं क्वारेन्टिन बसे र आफैंले स्वाब संकलनका लागि प्रयोगशालाका कर्मचारीलाई घरमा बोलाए । संक्रमण पुष्टि भएपछि चिनजानका स्वास्थ्यकर्मीसँग सल्लाह लिएर होम आइसोलेसनमा बसे । सुरुका केही दिन रुघाखोकी र शरीर दुख्ने लक्षण देखिए पनि अहिले उनको अवस्था सामान्य छ । तर आफू संक्रमित भएको कुनै सरकारी निकायले थाहा नपाउनु दुखद भएको उनी बताउँछन् ।

काठमाडौंको जडिबुटी बस्ने ३१ वर्षीय युवक र उनका परिवारका तीन सदस्यमा कोरोना संक्रमण पुष्टि भयो । तर कतैबाट पनि आफ्नो परिवारको सदस्यको स्वास्थ्य अवस्थाबारे बुझ्ने प्रयास नभएको उनी बताउँछन् । ‘स्वास्थ्यमा थप समस्या देखिए अस्पताल जाउँ भन्ने हिसाबले होम आइसोलेसनमा बसेका छौं,’ उनले भने, ‘तर अस्पतालमा बेड खाली नभएको सुन्दा डर लाग्छ ।’ आइसोलेसनमा बस्दा कतैबाट पनि स्वास्थ्य परामर्श नपाएको उनले बताए । संक्रमितहरु डेरामा नै होम आइसोलेसनमा बस्दा समस्या भोग्नुपरेको बताउँछन् ।

कपनमा डेरामा बस्दै आएकी २४ वर्षीया युवतीले दोहोरो तनाव झेल्नु परेको दुखेसो गरिन् । वैशाख २४ गते संक्रमण पुष्टि भएपछि डेरामै आइसोलेसनमा बसेकी उनले घरबेटीलाई पनि यो कुरा भन्न सकेकी छैनन् । रोगले त गलाएकै छ, त्यो भन्दा बढी तनाब घरबेटीले थाहा पाए के भन्लान् भन्ने चिन्ता उनलाई छ ।

सास फेर्न गाह्रो भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा। अनुप बाँस्तोललाई आफैंले फोन गरेर परामर्श लिएकी उनबारे कुनै निकायले चासो दिएको छैन । बेड नपाएर संक्रमितको उपचार भुइँमा, बरण्डामा भइरहेको समाचार आउँदा भोलि आफूले पनि त्यसरी नै उपचार गराउनुपर्ने अवस्था त आउने हैन भनेर डर लाग्ने उनी बताउँछिन् ।

उपत्यकाबाहिरको होम आइसोलेसनमा बस्नेको पीडा पनि उस्तै छ । वीरगञ्जका ३० वर्षीय एक संक्रमितका अनुसार अस्पतालमा बेड नपाउने र अक्सिजन अभाव भएको समाचारले तनाव दिएको छ । स्वास्थ्यमा थप समस्या आए अस्पताल जाने गरी होम आइसोलेसनमा बसे पनि बेड नपाएर मृत्युवरण गरेको सुन्दा डर लागेको उनी बताउँछन् ।

कोभिड–१९ केसको आइसोलेसन व्यवस्थापनसम्बन्धी २०७७ जेठ २० गते स्वीकृत निर्देशिका अनुसार होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्थाबारे नियमित निगरानी राख्नुपर्ने हुन्छ । होम आइसोलेसनमा रहेकाहरुको निगरानी स्थानीय तहका स्वास्थ्यकर्मीले गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

स्थानीय तहका स्वास्थ्यकर्मीले होम आइसोलेसनमा बसेका बिरामीको स्वास्थ्य अवस्थाबारे दिनको दुई पटक फोन वा एसएमएसबाट जानकारी लिनुपर्ने हुन्छ । तर निर्देशिकाअनुसार काम भएको छैन ।

साभार स् अनलाईन खबरबाट



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6