Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsओली पुनः प्रधानमन्त्री, जुटेन विपक्षी गठबन्धनमा बहुमत

ओली पुनः प्रधानमन्त्री, जुटेन विपक्षी गठबन्धनमा बहुमत


काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री ओलीको सपथ शुक्रबार अपरान्ह हुने जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गर्नुभएको थियो ।

 

बैकल्पिक सरकार गठनबाट पछि हट्यो कांग्रेस
कांग्रेस, माओवादी केन्द्रले बहुमत रहेको दाबी सहित सरकार गठनको पहल गरेपनि संसदको बहुमत जुटाउन सकेनन् । एमालेका अध्यक्ष केपीशर्मा ओली र असन्तुष्ट बरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दिएको समयसिमाको अन्तिमदिन बिवाद समाधानको सहमति नजिक पुगेसँगै नेपाल–खनाल पक्षका सांसदहरुको राजिनामा टरेको थियो ।

बिपक्षी गठबन्धनलाई बहुमत पुग्नबाट रोक्न ओलीले चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने निर्णय समेत गरे । जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र पक्षका सांसदहरु सरकार गठनको कुनैपनि पक्रियामा सामेल नहुने अडानमा बसेपछि कांग्रेस–माओवादी वैकल्पिक सरकार गठन असफल भएको हो । बहुमत नपुग्ने भएपछि कांग्रेस–माओवादी गठबन्धनले सरकारका लागि दाबी नै गरेनन् ।

सरकारमा कसैको दाबी नपरेपछि राष्ट्रपतिले ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दल नेताको हैसियतमा ओलीलाई सरकार गठनको अवसर दिएकी छन् । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यतिबेला समेत विश्वासको मत नपाएमा धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6