Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअनमोल केसी अम्पायर कन्सलटेन्सीको दूत नियुक्त, यस्तो छ आगामी सहकार्यको योजना

अनमोल केसी अम्पायर कन्सलटेन्सीको दूत नियुक्त, यस्तो छ आगामी सहकार्यको योजना


काठमाडौं । अभिनेता अनमोल केसी अम्पायर कन्सलटेन्सी एन्ड भिजा सेन्टरको व्यवसायिक दूत नियुक्त हुनुभएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सेन्टरका प्रमुख स्वतन्त्रप्रताप शाह र केसीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

ब्रान्ड एम्बेसडरको नियुक्ति पाएका केसी अब कम्पनीको हरेक व्यवसायिक गतिविधिमा सहभागि हुनेछन् । भविष्यमा फिल्म निर्माणसहितका परियोजनामा समेत सहकार्य हुनेगरि समझदारी बनेको अम्पायर कन्सलटेन्सी एन्ड भिजा सेन्टरका प्रमुद शाहले जानकारी दिनुभयो । थप सहकार्यबारे चाँडै जानकारी दिने कम्पनी प्रमुख शाह र केशीले बताएका थिए ।

रियल स्टेट लगायतका विभिन्न व्यवसायका साथै अभिनेता समेत रहेका शाहसँग व्यवसायिकभन्दा पनि ब्रदरहुडको कारण आफू जोडिएको अनमोलले बताउनुभयो ।अनमोलसँग सम्झौतापत्र आदानप्रदान गदै शाहले भने, ‘केसीलाई एम्बेसडरको रुपमा नियुक्त गर्न पाउँदा खुशि लागेको छ । हामी थप प्रोजेक्टमा पनि सहकार्य गर्न तयार छौं ।’

योसँगै अनमोलले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको लागि बजारीकरणमा सघाउने, वैदेशिक अध्ययनका चुनौतिबारे सचेतना जगाउने, अध्ययनपछि स्वदेश फर्कनुपर्छ भन्ने धारणाको विकास गराउने कार्यमा भूमिका खेल्ने बताइएको छ । अम्पायर कन्सलटेन्सीले काठमाडौंसहित पोखरा, चितवन, दमक तथा विदेशका भुटान र फिलिपिन्समा समेत शाखा विस्तार गरेको छ । २० वटा मुलुकमा फैलिएको नेपाली उद्यमी संस्था फिनेका अध्यक्ष समेत रहेका शाहले विदेश र नेपालमा एकैपटक फिल्म रिलिज गर्ने वातावरण बनाउन तयारी भैरहेको समेत जानकारी दिनुभएको छ ।

अष्ट्रेलियामा समेत व्यवसाय विस्तार गर्नुभएका शाहले ट्राभल, कन्सल्टेन्सी, रियस स्टेट लगायतका विभिन्न व्यवसायमार्फत सयौँलाई रोजगारिको अवशर दिदैआउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6