Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ अस्ट्रेलियामा ७ वर्षमा भिसा रद्द हुने संख्या ३३ प्रतिशतले घट्यो, बढ्यो चिनियाँ नागरिकको

अस्ट्रेलियामा ७ वर्षमा भिसा रद्द हुने संख्या ३३ प्रतिशतले घट्यो, बढ्यो चिनियाँ नागरिकको


अस्ट्रेलियामा पछिल्लो सात वर्षमा साधारण प्रक्रियाबाट रद्द गरिएका भिसाको संख्या ३३.५६ प्रतिशतले घटेको छ। तर, चिनियाँ नागरिकको भिसा रद्द हुने संख्या भने बढेको छ।

अस्ट्रेलियाको गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०२५–२६ सम्मको तथ्यांकअनुसार, सन् २०१९–२० मा ५८ हजार २२० वटा भिसा रद्द भएका थिए। यो संख्या घटेर आर्थिक वर्ष २०२२–२३ मा १५ हजार ८६ पुगेको थियो। त्यसपछि फेरि बढ्दै आर्थिक वर्ष २०२५–२६ मा ३८ हजार ६८० पुगेको छ।

नागरिकताका आधारमा हेर्दा आर्थिक वर्ष २०२५–२६ मा सबैभन्दा धेरै चिनियाँ नागरिकको भिसा रद्द भएको छ। सो वर्ष १० हजार ७०२ चिनियाँ नागरिकको भिसा रद्द भएको मन्त्रालयले जनाएको छ। सन् २०१९–२० मा यो संख्या ९ हजार १०६ थियो। ७ वर्षको अवधिमा चिनियाँ नागरिकको भिसा रद्द हुने संख्या १७.५३ प्रतिशतले बढेको छ।

भारतीय नागरिकको भिसा रद्द हुने संख्या भने घटेको छ। सन् २०१९–२० मा ६ हजार ५५४ भारतीय नागरिकको भिसा रद्द भएकोमा आर्थिक वर्ष २०२५–२६ मा ३ हजार ६६६ मा झरेको छ। यो सात वर्षअघिको तुलनामा ४४.०६ प्रतिशत कम हो। आर्थिक वर्ष २०२४–२५ मा भने ४ हजार ७७ भारतीय नागरिकको भिसा रद्द भएको थियो।

त्यस्तै, दक्षिण कोरियाली नागरिकको भिसा रद्द हुने संख्या सात वर्षमा ७ हजार २७९ बाट घटेर ९५९ पुगेको छ। यो ८६.८३ प्रतिशतको गिरावट हो। बेलायती नागरिकको भिसा रद्द हुने संख्या पनि ४ हजार ३६७ बाट घटेर १ हजार ६१८ पुगेको छ। यो ६२.९५ प्रतिशतको गिरावट हो।

अमेरिकी नागरिकको भिसा रद्द हुने संख्या पनि सन् २०१९–२० को २ हजार ७ बाट घटेर आर्थिक वर्ष २०२५–२६ मा १ हजार २२५ पुगेको छ।

त्यस्तै, मलेसियाली नागरिकको भिसा रद्द हुने संख्या ३ हजार ४८ बाट घटेर ६८७ र ब्राजिलका नागरिकको १ हजार ४६८ बाट घटेर ४८३ पुगेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6