अष्ट्रेलियामा घर भाडा २ वर्ष यताकै कम वृद्धि, मानिसहरू परिवारमा बस्न थाल्नु प्रमुख कारण
अस्ट्रेलियामा घरभाडा बढ्ने क्रम पछिल्लो दुई वर्षयताकै सुस्त बनेको छ।
पछिल्लो तीन महिनामा घरभाडा ०.५ प्रतिशत मात्रै बढेको छ। घरभाडा महँगो हुँदै गएपछि मानिसहरू एउटै घरमा धेरै जना मिलेर बस्न थालेका छन् भने सस्तो आवास खोज्ने क्रम पनि बढेको छ।
घरजग्गासम्बन्धी अनुसन्धान संस्था कोटालिटीले अक्टोबर ९ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्म अस्ट्रेलियाभर घरभाडा ०.५ प्रतिशतले बढेको हो।
यसअघि अप्रिलदेखि जुनसम्म १.६ प्रतिशत र जनवरीदेखि मार्चसम्म २.१ प्रतिशतले बढेको थियो।
कोटालिटीका अनुसार अस्ट्रेलियामा घरभाडाको औसत मध्य मूल्य साताको ७१३ अस्ट्रेलियन डलर पुगेको छ। एक वर्षको अवधिमा घरभाडा ५.५ प्रतिशतले बढेको छ।













तपाईको प्रतिक्रिया