Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअदालतको आदेशसँगै एनआरएनएको चुनाव प्रभावित, कस्ले खेल्दैछन त ?

अदालतको आदेशसँगै एनआरएनएको चुनाव प्रभावित, कस्ले खेल्दैछन त ?


काठमाडौं । उच्च अदातको पछिल्लो आदेशसँगै गैर आवासीय नेपाली संघ एनआरएनएको १० र ११ चैतमा हुने भनिएको निर्वाचन कार्यक्रम प्रभावित भएको छ । एनआरएनएको चुनाव रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले निर्वाचन कार्यक्रम नगर्नु नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएसँगै चुनावी कार्यक्रम प्रभावित भएको हो ।

उच्च अदालत पाटनका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले एनआरएनए बिवादको मुद्दामा चैत ९ मा दुवै पक्षलाई छलफलमा बोलाइएको र तोकिएको निर्वाचन कार्यक्रम रोक्न आदेश भएको नेपालट्युबलाई जानकारि दिनुभयो । एनआरएनएको चुनाव चैत १० र ११ मा काठमाडौंमा हुने निर्धारण भएको थियो । तर अघिल्लो निर्वाचनबाट अध्यक्ष जितेका कुमार पन्त समूहले एनआरएनलाई गतिशिल बनाउनबाट रोक्ने उद्देश्यसहित बहिस्कार गर्दैआएको छ ।

कतिपय एनआरएन सदस्यहरु नै वर्तमान अध्यक्ष पन्तले एनआरएनए कब्जा गर्ने खेलमा लागेको आरोप समेत लगाइरहेका छन् । मतदाता लगायतको बिवाद समाधान गरेर एनआरएनएलाई गतिशिल बनाउन पूर्वअध्यक्ष शेष घले लगायतले सक्रियता अघि बढाएपनि सिंगो एनआरएनको भविश्यमाथी खेल्ने समूह सक्रिय रहेका कारण ४० लाख बढी सदस्यहरुको भविश्य अन्यौल बनेको चर्चा समेत चलिरहेको छ । एनआरएनए विदेशमा रहेको नेपाली समूदायहरुको हकहित, अधिकारको पक्षमा आवाज बुलन्द गराउने विशुद्ध गैह्रराजनीतिक संस्थाका रुपमा क्रियाशिल हुनुपर्नेमा यही संस्थामा बसेर राजनीति गर्नेहरु समेत बढ्न थालेको पाइएको छ ।

चैत ९ मा दुवै पक्षलाई छलफलमा बोलाएपछि अदालतले अन्तरिम आदेशलाई खारेज गरेर निर्वाचनको बाटो खोल्छ वा अदालतकै मुद्धाका कारण एनआरएनएमा नयाँ कार्य समिति आउनबाट रोकिन्छ ? यो भने प्रतिक्षाको विषय बनेको छ ।


ट्याग : #उच्च अदालत पाटन, #कुमार पन्त, #कुल आचार्य, #गैर आवासीय नेपाली संघ एनआरएनए, #शेष घले
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6