Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainment‘ऐना’लाई उत्कृष्ट लघु चलचित्र र ‘कुइनेटो’लाई उत्कृष्ट चलचित्र अवार्ड !

‘ऐना’लाई उत्कृष्ट लघु चलचित्र र ‘कुइनेटो’लाई उत्कृष्ट चलचित्र अवार्ड !


काठमाडौं । दशौँ संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२’ मा अन्तर्राष्ट्रिय विधातर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले ‘उत्कृष्ट लघु चलचित्र अवार्ड’ र सेकोउ त्राओरी निर्देशित बुर्किना फासोको फिल्म ‘आई अफ द स्ट्रोम’ले ‘उत्कृष्ट फिल्म अवार्ड’ हात पारेका छन् ।

काठमाडौंमा मंगलबार सम्पन्न फेस्टिभलमा राष्ट्रियतर्फ कृषा चौलागाईंको फिल्म ‘ऐना’ले ‘उत्कृष्ट लघु चलचित्र’ र माधवराज खरेलको फिल्म ‘कुइनेटो’ले ‘उत्कृष्ट चलचित्र अवार्ड’ पाएका हुन । यही फिल्मबाट अभिनेता श्रीदेव भट्टराईले ‘जुरी अवार्ड’ र जीवन पराजुलीले ‘उत्कृष्ट छायाँकार’को सम्मान पाउनुभएको छ । ‘ऐना’बाट कृषाले क्रिटिक्सतर्फको ‘उत्कृष्ट निर्देशक अवार्ड’ र भुपेन्द्र अधिकारीले ‘उत्कृष्ट सम्पादक’को अवार्ड जित्नुभयो । महोत्सवमा ‘उत्कृष्ट निर्देशक अवार्ड’ फिल्म ‘राइज’बाट ऋषिराज आचार्यले, यसै फिल्मबाट अभिनेता गजित विष्टले ‘उत्कृष्ट अभिनेता अवार्ड’, सरिता भारतीले ‘उत्कृष्ट अभिनेत्री अवार्ड’, तुलसीप्रसाद श्रेष्ठले ‘उत्कृष्ट खलनायक अवार्ड’, रिना अवालेले ‘उत्कृष्ट हेयर स्टाईल अवार्ड’ माथी कब्जा जमाउन सफल हुनुभयो ।

‘उत्कृष्ट स्कृप्ट राइटिङ अवार्ड’ फिल्म ‘गरिमा’बाट पुरु षोतम बस्नेतले, फिल्म ‘गर्ड आई’बाट केडी प्रसितले ‘उत्कृष्ट सह–अभिनेता अवार्ड’, फिल्म ‘द ब्ल्याक कर्नर’बाट निर्देशक लक्षु गौतमले ‘उत्कृष्ट निर्देशन जुरी अवार्ड’, फिल्म ‘शंका’ बाट सुमन दाहालले ‘उत्कृष्टसोसियल म्यासेज फिल्म अवार्ड’ जित्नुभएको छ । यस्तै, फिल्म ‘द डटर’बाट राजेन्द्र बजगाईंले ‘उत्कृष्ट ब्याक ग्राउन्ड म्युजिक अवार्ड’, ‘द डटर’बाटै रेनिश फागोले ‘उत्कृष्ट कलर करेक्सन अवार्ड’, इनु थापाले ‘उत्कृष्ट कस्ट्युम डिजाइन अवार्ड’ र ‘स्टुडेन्ट फिल्म’को प्रतिस्पर्धामा सनोल दासको फिल्म ‘झोल’ उत्कृष्ट मा परेका थिए ।

तीन दिवसीय फेस्टिभलको समापन कार्यक्रममा अभिनेता सुनिल थापा, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राई, डिस्ट्रिक ३२५ बि वान एलकी जोन चेयरपर्सन लायन एवम् अग्रज ब्युटिसियन सोनी कारजित, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतले बिजेताहरुलाई अवार्ड प्रदान गर्नुभएको थियो । संगीतकार जुगल डंगोल, अभिनेताहरु प्रेम पाण्डे, प्रवन भुसाल, सागर घिसिङ, नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की, कोरियोग्राफर तथा भिडियो निर्देशक अजय स्याङतान र चलचित्र पत्रकार कुवेर गिरीले निर्णायकको भुमिका निभाउनुभएको थियो ।

महोत्सबमा विभिन्न अफ्रिकी तथा अन्य गरी १४ मुलुकका १४ चलचित्र र नेपालका १२ चलचित्र गरी २६ चलचित्र अन्तिम प्रतिस्पर्धामा सहभागी भएका थिए । यी सबै चलचित्र महोत्सबमा प्रदर्शन समेत गरिएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6