Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News६४ हजार भोल्टेज विजुलीको तारमा हिड्ने पुरुषको ७ घण्टापछि उद्धार !

६४ हजार भोल्टेज विजुलीको तारमा हिड्ने पुरुषको ७ घण्टापछि उद्धार !


काठमाडौं । ७ घण्टादेखी नुवाकोटको विद्युत प्रशारण लाइनको लठारो समाएर हिँडिरहेका पुरुषको उद्धार गरिएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विकलाई ७ घण्टापछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

परिवारमा झगडा परेपछि विक पोलबाट चढेर ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडिरहेका थिए । उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । ककनी प्रहरी र स्थानीयले अनेक फकाई फुलाई गर्दा पनि झर्न नमानेका विकलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन ७ घण्टासम्म बन्द गरिदा झण्डै ६० लाख घाटा लागेको आँकलन गरिएको छ । विक शनिबार बिहान ९ बजेदेखि २ सय २० केभीको प्रशारण लाइनमा चढेका थिए भने बेलुका ५ बजेतिर उद्दार गरि तारबाट तल झारिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6