Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalहाइटेन्सन लाइनमा झुण्डिएर उपद्रो मच्चाउनेलाई काठमाडौं ल्याइयो !

हाइटेन्सन लाइनमा झुण्डिएर उपद्रो मच्चाउनेलाई काठमाडौं ल्याइयो !


काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका ७ स्थित त्रिशूली थ्रीए जलविद्युत आयोजनाको हाइटेन्सन तारमा ७ घण्टा बढी समय झुण्डिएका ४४ वर्षे माइला विकलाई आज काठमाडौं ल्याइएको छ । कुनै पनि आफन्त सम्पर्कमा नआएपछि विकलाई काठमाडौंको तार्केश्वरमा अवस्थित ‘नवजीवन’ संस्थाको संरक्षणमा राख्न लागिएको हो ।

मानसिकरूपमा अस्वस्थ रहेका विकलाई सुरुवातमा ललितपुरको पाटनस्थित मानसिक अस्पतालमा पुर्याएर स्वास्थ्य परिक्षणसहित उपचार गरिने बताइएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ घलेगाउँका माइला विकले ११ घण्टासम्म प्रहरी र जनप्रतिनिधिलाई हैरान पारेका थिए ।

शनिबार बिहान १० बजे बिजुलीको पोलहुँदै तारमा चढेका उनको कुनै उपायबाट ओलार्न नसकेपछि नेपाली सेना मार्फत उद्धार गरिएको थियो । त्रिशूली थ्रीए जलविद्युत आयोजनाको उत्पादन ११ घण्टासम्म बन्द हुँदा प्राधिकरणले एक करोड घाटा ब्यहोरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6